2 years ago
July 29, 2023
सुनिल गाउँले/सिमरा
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमा आयोजनाका लागि सरकार सकारात्मक रहेको बताएका छन् । शनिबार सिमरामा जीतपुरसिमरा उपमहानगरपालिका र नवजनजागृती युवा क्लब सिमराले राखेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बुले मधेस प्रदेश सरकार र स्थानीय सरकारले अनुकुल वातावरण बनाए ।

मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद ११ औं राष्ट्रिय खेलकुद मधेस प्रदेशका जिल्लामा गर्ने निर्णयका लागि तयार रहेको बताएका हुन् । ‘हामी तयार छौँ, यहाँका स्थानीय सरकार र मधेस प्रदेश सरकारले बढी पहल गर्नुपर्यो, मन्त्री लिम्बूले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै राखेप सदस्य सचिब टंकलाल घिसिङले सिमरा, बिरगंज र जनकपुरलाई केन्द्रीत गरि ११ औं खेलकुद गर्न सकिने बताए ।
त्यसका लागि भएका पुर्वाधारको स्तरोन्नति र नयाँ पुर्वाधार निर्माणलाई स्थानीय सरकारले समेत प्राथमिकता दिनुपर्ने बताए । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले सिमरा रंगशाला तथा उपमहानगरपालिका भित्रका अन्य पुर्वाधारहरु निर्माण तथा स्तरोन्नतिका बिषयमा मन्त्री लिम्बूको ध्यानाकर्षण गराउदै ज्ञापनपत्रसमेत बुझाएका थिए ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]