default_image

9 years ago

January 16, 2017

पहिलो लिगमा रिड मोडल अगाडी

170 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको पहिलो लिगको खेल सम्पन्नसँगै रिड मोडल कलेजले अग्रता बनाएको छ ।

women volleyball

स्वयम्भू ठूलो भ¥याङको रिड मोडल कलेजले सोमबार भएको दुवै खेलमा सफलता हात पारेपछि ९ खेलबाट २७ अंक जोडेको छ । अपराजित यात्रालाई कायम राख्दै रिड मोडलले नेपाल आर्मी र ढोरपाटन स्पोर्टस् क्लवलाई समान ३–० को सोझो सेटमा हरायो । पहिलो खेलमा आयोजक ढोरपाटनलाई २५–४, २५–१६ र २५–१० तथा आर्मीलाई २५–११, २५–९ र २५–१६ को सेटमा पराजित ग¥यो ।

पराजय पश्चात पनि आर्मी र ढोरपाटन लिगको दोस्रो चरणमा प्रवेश गरेका छन्। आर्मी ९ खेलबाट १२ अंक जोड्दै छैटौं स्थानमा रहँदै लिगको दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ । त्यसैगरी आयोजक ढोरपाटन स्पोर्टस् क्लव ९ खेलबाट ८ अंक जोड्दै सातौं स्थानमा रहेर दोस्रो चरणमा पुगेको छ ।

पहिलो लिगको अन्तिम खेलमा चिरप्रतिद्वन्द्वी न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लव ९ खेलबाट २४ अंक बटुल्दै दोस्रो स्थानमा रहन सफल भएको छ । एपीएफले न्यु डायमन्डमाथि २५–२०, २५–१८ र २५–१२ को जित निकाल्यो । पराजय पश्चात न्यु डायमन्ड ९ खेलबाट २१ अंकमा सीमित हुँदै तेस्रो स्थानमा झरेको छ ।

सोमबार नै भएको आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लव रामेछापको चन्डेश्वरी युवा क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगको चौथो स्थानमा रहन सफल भएको छ । पुलिसले चन्डेश्वरीलाई २५–८, २५–१७ र २५–११ को अंकमा पराजित ग¥यो । पुलिसले ९ खेलबाट १८ अंक जोडेको छ ।

पश्चिमाञ्चल आफूले खेलेका ९ खेलमध्ये ५ मा जित र ४ मा हार बेहोर्दै १५ अंक जोडेर पाँचौं स्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गरेको छ । आठौं स्थानमा रहेको चन्डेश्वरी, नवौं स्थान हासिल गर्न सफल न्यु डायमन्ड स्पोर्टस् क्लव र अन्तिम स्थानमा रहेको बिजेश्वरी ज्ञान मन्दिर स्कुल पहिलो चरणको लिगबाटै बाहिरिएका छन् ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.