9 years ago
January 17, 2017
रिड मोडल शीर्षस्थान यथावत
काठमाडौं (हाम्रो खेलकुद) – एपिएफले १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको दोस्रो चरणको खेलमा दोहोरो सफलता हासिल गरेको छ । मंगलबार पहिलो खेलमा पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघलाई ३–० को पराजित गरेको एपिएफले अर्को खेलमा नेपाल पुलिस क्लबलाई त्यत्तिनै अन्तरमा हराएको थियो ।

एपिएफ पश्चिमाञ्चललाई २५–१५, २५–१५ र २५–१४ ले पुलिसलाई २५–१७, २५–१७ र २५–१२ ले हराएको थियो । दोहोरो जितपछि एपिएफले रिड मोडल कलेजसँग अंक बराबरी गरेको छ । एपिएफका ११ खेलमा ३० अंक पुगेको छ । एक खेल कम खेलेको शीर्षस्थानको रिड मोडलको पनि ३० अंक छ । मंगलबार दोस्रो चरणको अर्को खेलमा रिडले नेपाल आर्मीलाई २५–९, २५–९ र २५–८ ले हरायो ।
अन्य खेलमा न्यु डायमन्ड एकेडेमी, नेपाल आर्मी र पश्मिाञ्चलले पनि सफलता प्राप्त गरे । न्यु डायमन्डले आयोजक ढोरपाटन स्पोर्टस् क्लबलाई २५–११, २५–१० र २५–२१ ले हरायो । आर्मीले ढोरपाटन स्पोर्टस् क्लबलाई आर्मी २५–९, १२–२५, २५–१२ र २५–१६ ले हरायो । पश्चिमाञ्चलले ढोरपाटनलाई ३–० को सेटमा पराजित गर्यो ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]