9 years ago
January 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – रिड मोडल कलेज र एपिएफबीच १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिता उपाधि दौडका लागि प्रतिस्पर्धा हुने देखिएको छ । यद्दपी एपिएफ भन्दा रिड मोडल प्रतियोगितामा केही माथि देखिएको छ ।

रिड मोडलकी कप्तान मिनिमलको स्पाइकलाई ब्लक गर्ने प्रयासमा पुलिसका खेलाडी ।
प्रतियोगिताको दोस्रो चरणमा बुधबार रिड मोडल र एपीएफले आ–आफ्नो खेल जितेका छन् । दुवैको समान ३३ अंक पुगेको छ । रिड मोडलले १ खेल कम खेल्दा एपिएफले १२ खेल खेलेको छ । भारतीय राष्ट्रिय खेलाडी सम्मिलित रिड मोडलले बुधबार अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई २५–६, २५–१८ र २५–९ ले हरायो । रिड मोडलकी क्रिन्जल वुमन अफ द म्याच घोषित भइन् । एपिएफले अर्को विभागीय टोली नेपाल आर्मीलाई २५–१०, २५–१५ र २५–२३ ले पराजित गर्यो ।
लिग अंक तालिकाको तेस्रो स्थानमा रहेको न्यू डायमन्ड एकेडेमीले पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघलाई २५–२०, २३–२५, २५–२० र २५–१५ ले पराजित गर्दा विजयी टोली न्यू डायमन्डकी कृपा अधिकारी वमन अफ म्याच घोषित भइन् ।
अर्को खेलमा पुलिसले आयोजक ढोरपाटनलाई २५–१२, २५–१७ र २५–१३ ले हराएको थियो । दुबै खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पुलिसकी कमला पुनले वुमन अफ द डेको उपाधि जितिन् । उनलाई भिक्टोरिया इन्टरनेशनल होटल ट्रेनिङ इन्स्टिच्युटले निशुल्क ३ महिने होटल म्यानेजमेन्ट तालिमको अवसर प्रदान गरेको छ ।
लिगमा न्यू डायमन्डको ११ खेलबाट २७ अंक छ भने पुलिसको १२ खेलबाट २१ अंक छ । त्यस्तै पश्चिमाञ्चल १२ खेलबाट २१ अंक जोडदै पाँचौं स्थानमा छ । आर्मीको १२ खेलबाट १५, ढोरपाटनको १२ खेलबाट ८ अंक छ ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]