default_image

9 years ago

January 19, 2017

अभ्यास खेलमा किरणको टोली पराजित

100 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले माल्दिभ्समा ट्रस्ट एन्ड केयर (टिसी) फुटबल क्लबका लागि बुधबार ‘डेब्यू’ गरेका छन् । तर, किरणको टोली तग बर्षको माल्दिभ्स लिगको विजेता टोली माजिया स्पोर्टस् एन्ड रिक्रियसन क्लबसँगको अभ्यास २–० ले पराजित भएको छ । अन्तिम १५ मिनेटमा उनको टोलीले २ गोल खाएको थियो ।

टिसी फुटबल क्लबका प्रशिक्षकका साथ गोलकिपर किरण ।

टिसी फुटबल क्लबका प्रशिक्षकका साथ गोलकिपर किरण ।

टोली पराजित भएपनि किरणका अनुसारले उनले पोस्ट सम्हाल्दा सम्म भने टोलीले गोल खानु परेको थिएन । ७० मिनेटमा उनले मैदान छाड्दा खेल गोलरहित बराबरीमा थियो । ‘माजियामा चार जना विदेशी खेलाडी पनि थिए । हाम्रो पुरा खेलाडी थिएनन्’ किरणले भने, ‘हामी हारेपनि मेरो प्रदर्शनबाट अफिसियल सबै खुसी पाए । अर्को साताबाट ३ जना विदेशी र स्थानिय २ खेलाडी आएपछि हाम्रो प्रदर्शन राम्रो होला ।’ उनी जनवरी ९ मा माल्दिभ्स गएका थिए । किरणको यो दोस्रा विदेशी क्लब हो । उनले सन् २०१० मा चटगाँउ अबाहानीबाट बंगलादेश प्रिमियर लिग खेलेका थिए । घरेलु फुटबलमा मछिन्द्रबाट व्यवसायिक खेल जीवन सुरु गरेका किरणले लामो समय रुस्लान थ्री स्टार क्लबमा विताएका थिए । पछिल्लो एक बर्षयता उनी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबमा आबद्ध थिए ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.