9 years ago
January 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । नेपाली सेना र नेपाल इन्भेस्टमेन्ट बैंकको संयुक्त आयोजनामा हुने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो ।

माघ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पाँच विकास क्षेत्रसँगै विभागीय टोली नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टिमले भाग लिने सेनाको प्रतियोगिता तथा समारोह शाखाका प्रमुख सेनानी रामकाजी राना मगरले जानकारी दिए ।
लगनखेलस्थित सैनिक कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताका विजेतालाई ३ लाख, उपविजेतालाई एक लाख ५० हजार, तेस्रो हुनेलाई ७५ हजार पुरस्कार दिइने सेनानी मगरले जानकारी दिए । त्यसैगरी उत्कृष्ट खेलाडी, प्रशिक्षक, स्पाइकर, ब्लकर, डिफेन्डर लिफ्टरलाई जनही १०÷१० हजार रुपैयाँ पुरस्कार पाउने मगरले पत्रकार सम्मेलनमा जानकारी दिए ।
त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने भएको छ । प्रतियोगितामा सहभागी टोलीलाई खान, बस्न र आवतजावतको सम्पूर्ण खर्च बेहोर्ने सेनानी मगरले बताए । प्रतियोगिता सञ्चालनका लागि इन्भेस्टमेन्ट बैंकले १५ लाख उपलब्ध गराउने र बाँकी सेनाले बेहोर्ने मगरले जानकारी दिए ।
नेपाली सेनाकै आयोजनामा आगामी माघ २९ गते प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता हुने भएको छ । सेनाले क वर्गका विभिन्न बैंक र मोरङ अटो वक्र्सको सहयोगमा खुला पुरुष म्याराथन, हाफ म्याराथनलगायत अन्य दौड प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगिता अन्तर्गत ४२.१९५ किमीको पुरुष म्याराथन हुने छ भने २१ किमीको महिला÷पुरुष हाफ म्याराथन, विदेशी र आर्मी अफिसर्स सहभागी १० किमी दौड र ५ किमीको वाकाथन हुने सेनानी राना मगरले जानकारी दिए । राना मगरका अनुसार प्रतियोगितामा स्वदेशी एवं विदेशी गरी करिव ३ हजार ३ सय ३० जनाले सहभागिता जनाउने छन् ।
म्याराथन सैनिक मञ्च टुँडिखेलबाट सुरु भएर शहीदगेट, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर, कोटेश्वर, जगाती, कमलविनायक, मध्यपुर थिमी, जडिबुटी, कोटेश्वर, तीनकुने, एयरपार्ट, चावहिल, सुकेधारा, नारायणगोपालचोक, महाराजगञ्ज, लाजिम्पाट, रानी पोखरी, शहीदगेट हुँदै सैनिक मञ्चमा पुगेर समापन हुने छ ।
म्याराथन विजेताले नगद एक लाख र यामाहा मोटरसाइकल प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ५० हजार, तेस्रोले २५ हजार, चौथो हुनेले १५, पाचौंले ७ हजार, छैटौंले ५ हजार र सातौं स्थान हासिल गर्नेले ३ हजार पुरस्कार पाउने छन् । त्यसैगरी २१ किमी हाफ म्याराथनको विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार पुरस्कार पाउने छन् । यही विधाको महिलातर्फको विजेताले नगद २५ हजारका साथै स्कुटर प्राप्त गर्ने छन् ।
प्रतियोगिता सञ्चालनका लागि २८ लाख बजेट छुट्याइएको सेनानी राना मगरले पत्रकार सम्मेलनमा जानकारी दिए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]