9 years ago
January 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) – रेश्मा भण्डारी वुमन अफ द म्याच प्रदर्शन गरेपछि शुक्रबार एपिएफले आयोजक ढोरपाटन स्पोर्टस क्लबलाई सोझो सेटमा हराउँदै १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्ष स्थान उक्लेको छ । एपिएफ २५–११, २५–१० र २५–८ को सोझो सेटमा विजयी भएको थियो । १३ खेलमा एपिएफको ३६ अंक पुगेको छ ।

रिड मोडल कलेज र न्यु डायमन्डबीचको खेल खराव प्रकाशका कारण रद्द भएपछि दुई खेल बढी खेलेको एपिएफ एक दिनका लागि भएपनि अगाडि भएको छ । उपाधि दाबेदार रिड मोडलको ११ खेलबाट ३३ अंक छ । तेस्रो स्थानको न्यु डायमन्डको १२ खेलमा ३० अंक छ ।
शुक्रबार नै पहिलो खेलमा भने त्रिभुवन आर्मीलाई २५–२२, २५–११ र २५–७ ले हरायो । न्यु डायमन्डको जितमा कप्तान ललिता नाथ वुमन अफ द म्याच घोषित भइन् । चौथो स्थानमा रहेको नेपाल पुलिसले पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघलाई २६–२४, २१–२५, २५–१६ र २५–२३ ले हरायो । उक्त खेलमा पश्चिमाञ्चलकी अरुणा शाहीले वुमन अफ द डेको उपाधि जितिन् । उनलाई भिक्टोरिया इन्टरनेशनल होटल ट्रेनिङ इन्स्टिच्युटले निशुल्क ३ महिने होटल म्यानेजमेन्ट तालिमको अवसर प्रदान गरेको छ ।
पुलिसको १३ खेलमा २४ अंक छ । पश्चिमाञ्चल १३ खेलका साथ २१ अंक जोड्दै पाँचौं स्थानमा छ । त्यसैगरी विभागीय टोली आर्मीले १३ खेलबाट १५ अंक बटुलेको छ । दोस्रो चरणमा एउटा खेल जित्न नसकेको आयोजकको १३ खेलमा ८ अंक छ ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]