default_image

2 years ago

October 13, 2023

च्यालेन्ज कप भलिबल – नेपाल साउदी विरुद्ध खेल्दै

3672 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपको आफ्नो चौथो खेलमा शुक्रबार (आज) साउदी अरेबियासँग खेल्दै छ। खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ ।

च्यालेन्ज कप‌को शीर्ष दुईमा पुग्नका लागि नेपालका लागि साउदी विरुद्ध जित्नु पर्ने हुन्छ। नेपाली टोली ५ अंकका साथ अंक तालिकाको चौथो स्थानमा छ ।

७ अंक सहित श्रीलंका शीर्ष स्थानमा छ । समान ६ अंक जोडेका अफगानिस्तान दोस्रो र उज्वेकिस्तान तेस्रो स्थानमा छ । पाँचौं स्थानको बंगलादेशको २ र पुछारमा रहेको साउदीको १ अंक छ ।

राउन रोबिन लिगमा ३ चरणको खेल समाप्त हुँदा साउदीले एउटा खेलपनि जित्न सकेको‌ छैन । तुलानात्मक रुपमा कमजोर रहेको साउदीलाई ३-० को सोझो सेटमा हराउने कोशिसमा नेपाली टोली रहनेछ। त्यस्तो नतिजाले लिग चरणमा शीर्ष २ मा पर्ने सम्भावना बलियो हुनेछ।

लिगको‌ अन्तिम खेलमा नेपालले उज्वेकिस्तानको सामना गर्नेछ। आज हुने अन्य दुई खेलमा श्रीलंका र अफगानिस्तान तथा उज्वेकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। च्यालेन्ज कपमा बिहीबार विश्राम दिइएको थियो।

त्यसअघि नेपालले उत्कृष्ट पुनरागमनका साथ अफगानिस्तानमाथि ३-२ सेटको जित निकालेको थियो। दोस्रो खेलमा श्रीलंकासँग ३-० को सोझो सेटमा हारेको नेपालले पहिलो खेलमा बंगलादेशमाथि ३-१ को जित निकालेको थियो।

६ टोलीको सहभागिता रहेको च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.