9 years ago
January 20, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भारतीय खेलाडी सम्मिलित रिड मोडल र एपिएफ १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा पुनः संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् । शुक्रबार दोहोरो जित निकाल्दै स्वयम्भू ठूलो भ¥याङको रिड मोडल कलेजले एपिएफसँग अंक बराबरी गरेको हो ।

रिड मोडलले लिग अंकतालिकाको पुछारमा रहेको आयोजक ढोरपाटन क्लबलाई २५–८, २५–१२ र २५–७ ले र पश्चिमाञ्चल क्षेत्रिय विकासलाई २५–१४, २५–१२ र २५–८ ले हरायो ।
रिड मोडल र एपिएफको समान ३९ अंक छ । रिड मोडलले १३ र एपिएफले त्यो भन्दा एक खेल बढी खेलेको छ । एपिएफले पहिलो चरणमा उच्च प्रर्दशन गरेको न्यू डायमन्ड एकेडेमीलाई २५–१३, २५–२७, २५–१५ र २५–२१ ले पराजित गरेको थियो ।
१३ खेलमा न्यु डायमन्डको ३० अंक छ । शुक्रबार नै विभागिय टोली नेपाल पुलिस क्लबले अर्को विभागिय टोली त्रिभुवन आर्मीलाई २५–१८, २५–२२ र २५–२० ले हरायो । १४ खेलमा २७ अंकसहित पुलिस चौथो स्थानमा छ भने त्यत्तिनै खेलमा पश्चिमाञ्चलको २१ अंक छ । १४ खेलमा आर्मी १५ र १५ खेलमा ढोरपाटनको ८ अंक छ ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]