2 years ago
November 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानविरुद्ध पहिलो ओभरमै विकेट लिएको छ । टियु मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको ओमानले १ ओभरमा १ विकेट गुमाउँदै ८ रन बनाएको छ ।

ओमानका प्रतीक अथावले र अकिब इल्यास क्रिजमा छन् । तीव्र गतिका बलर करण केसीको पाँचौं बलमा कश्याप प्रजापति एज लगाउने धुनमा विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका हुन् । उनी ५ बलमा २ चौकासहित ८ रनमा आउट भए । त्यसअघि कश्यापले पहिलो र चौथो बलमा चौका हानेका थिए ।
नेपालले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । ओमानले भने दुई परिवर्तन गरेको छ । फयाज बट र मोहम्मद नदिमलाई बेन्चमा राखेको छ । मोहम्मद खुसी र कलिमुल्लाहलाई खेलाएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]