9 years ago
January 25, 2017
काठमाडौं (हाम्रो खेलकुद)– संकटा क्लबले यो साता राष्ट्रिय आमन्त्रण संकटा रनिङ शिल्ड तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ।

९ टोलीको सहभागितामा माघ १४ देखि १६ गते सम्म प्रतियोगिता स्थायित टेबहालमा सञ्चालन गरिने राजधानीमा पत्रकार सम्मेलनमार्फत क्बलका महासचिव रमेश बस्नेतले जानकारी दिए । जानकारी दिएको छ । तीन विभागिय टोली (नेपाली सेना, नेपाल प्रहरी, एपिएफ) , पाँच विकास क्षेत्र र आयोजकका गरि ९ टोलीका झन्डै सय खेलाडीले भाग लिने बताइएको छ ।
मित्सुबिसु मोटर कम्पनीको नेपालको आधिकारीक बिक्रेता लियोन मोटर्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा पुरूष र महिलातर्फ समान ६ तौल समूह समावेश गरिएको जानकारी दिइयो । प्रतियोगितामा पुरूषतर्फ ५४ केजी, ५८ केजी, ६३ केजी, ६८ केजी, ७३ केजी र ७७ केजी तथा महिलातर्फ ४२ केजी, ४६ केजी,४९ केजी,५३ केजी,५७ केजी र ६२ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
नेपाल तेक्वान्दो सघंको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेता टिमले शिल्डसहित ३० हजार रुपैयाँ प्राप्त गगर्नेछ । दोस्रो हुने टोलीले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पाउनेछ । मुख्य प्रायोजन वापत लियोन स्पोर्टसले ५ लाख रुपैयाँ क्लबलाई दिने कम्पनिका सिईओ उपेन्द्र नापितले बताए ।
ए डिभिजन क्लब समेत रहेको संकटाले यसअघि राष्ट्रिय स्तरको किक बक्सिङ समेत आयोजना गरिसकेको जनाएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]