default_image

2 years ago

January 18, 2024

पिपुल्स च्वाइस अवार्ड : मनोनयनमा मन जित्ने खेलाडी कि मत ?

1682 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली खेलकुद वृत्त पछिल्लो एक वर्ष क्रिकेटमय बन्यो । राष्ट्रिय क्रिकेट टोलीले एकपछि अर्को सफलता हासिल गर्दा क्रिकेटरको चर्चा पनि सर्वत्र रह्यो । तर नेपालको प्रतिष्ठित मानिने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयनमा कुनैपनि क्रिकेटर परेनन् ।

नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) ले बुधबार पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पिपुल्स च्वाइस अवार्ड विधाको मनोनयन सार्वजनिक गर्दा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परे । मन्चले जारी गरेको प्रेस विज्ञप्तिमा खेलाडी मनोनयनमा केही साता अघि सम्पन्न नेपाल सुपर लिग (एनएसएल) लाई समेत मनोनयनको आधारको रुपमा राखिएको छ ।

यसकारण पछिल्लो एक वर्षयता नेपाली खेलकुदमा सर्वाधिक चर्चामा रहेका राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल नहुनु आश्चर्यको विषय थियो । रोहित मात्र होइन, अलराउन्डर दीपेन्द्र सिंह ऐरीको नाम त विश्व क्रिकेटमा नै चलेको थियो । तर क्रिकेटले सर्वत्र चर्चा बटुल्दा पनि क्रिकेट खेलाडी नपर्नुको कारण एनएसजेएफका महासचिव तथा अवार्डका खेलाडी छनोट समितिका संयोजक प्रज्वल ओलीले हाम्रो खेलकुदलाई बताए ।

‘हामीले चर्चामा रहेको खेलहरु मात्र समेट्ने होइन । क्रिकेट र फुटबल त यसै चर्चामा छन् । अब अन्य खेलका खेलाडीलाई पनि चर्चामा ल्याउने सोचका साथ मनोनयन गर्छौं,’ उनले भने ।

नेपाली क्रिकेटले पछिल्लो एक वर्षमा निकै चर्चा बटुलेको र क्रिकेटर हुनुपर्ने भन्ने प्रश्नमा ओलीले पिपुल्स च्वाइस अवार्डको अन्य विधाझैं मितिमा नबाँधिने बताए ।

‘पिपुल्स च्वाइस अन्य विधाभन्दा फरक छ । हामीले पछिल्लो केहि वर्षको प्रदर्शन हेर्दै आएका छौँ । करातेकै हकमा पनि विप्लब पछिल्लो केहि वर्षयता चर्चामा थिए । एसियाली खेलकुदमा एरिका एक्कासी पदक जितेपछि चर्चामा आएकी हुन् । त्यसैले हामीले त्यो तर्फ पनि ध्यान दिएका छौं,’ ओलीले भने ।

पछिल्लो केहि वर्षमा फुटबल र क्रिकेटका खेलाडी मनोनयनमा परेपनि मत ल्याउनेमा भने अन्य खेलकुद नै लागि पर्दै आएका छन् । त्यसकारण पनि खेलाडी छनोटमा अन्य खेलका खेलाडी प्राथमिकतामा पर्न थालेका छन् ।

अवार्डमा यस विधाको इतिहास हेर्दा पनि नेपाली समाजमा वास्तविक चर्चामा रहेका खेल र खेलाडी भन्दा मतभारकै आधारमा केहि फरक नाम विजयी हुने गरेका छन् । यसमा क्रिकेट र फुटबलका खेलाडीले मत माग्ने कार्यमा अन्य खेलको तुलनामा केही कम तदारुकता देखाउने गरेकाले पनि हुन् ।

विगतमा पारस खड्का, सन्दीप लामिछाने, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख लगायत क्रिकेटर मनोनयनमा परेपनि अवार्ड जित्न सकेका थिएनन् । तर यसो भन्दैमा चर्चामा रहेका वास्तविक खेलाडीहरु मनोनयनमै नपर्नुले भने अवार्डकै ओजमा प्रश्न उठाउने ठाउँ हुन्छ ।

खेलाडीले मनोनयनमा परेपछि मतका लागि विभिन्न कार्यक्रम गर्नु स्वभाविक हो । नेपाली खेलकुदमा प्रतिष्ठित अवार्डको रुपमा स्थापित गरेको यस अवार्ड सम्भवत: नेपाली समाजमै सबैभन्दा निष्पक्ष र विवादरहित अवार्ड हो । तर कुनै खेल र खेलाडीले मतका लागि प्रयास नै नगरेको कारण मनोनयनमै नहुनु पक्कै राम्रो सन्देश होइन ।

अवार्ड जिताउन खेलाडीलाई मत दिने नदिने अधिकार दर्शकमा सिमित हुन्छ, तर त्यहाँसम्म योग्य खेलाडीको विकल्प पठाउने जिम्मेवारी भने छनोट गर्ने समितिले लिनुपर्छ । यसपटकको छनोटले भने फेरी एकपटक खेलकुद वृत्तमा अर्को प्रश्न भने उब्जाएको छ : पिपुल्स च्वाइसमा दर्शकको मन जित्ने खेलाडी राख्ने हो कि दर्शकको मत जित्ने खेलाडी ?

पिपुल्स च्वाइस अवार्डको इतिहास:

२०७८ – विजेता उषा भण्डारी (भलिबल), मनोनयन : अन्जन विष्ट (फुटबल), आसिफ शेख (क्रिकेट), अभिलाषा विष्ट (टेनिस), डुवाना लामा (पौडी)

२०७७ – विजेता एलिना महर्जन (टेबल टेनिस), मनोनयन : एन्जिला तुम्बापो सुब्बा (फुटबल), सन्तोषी श्रेष्ठ (एथलेटिक्स), प्रिन्स दाहाल (ब्याडमिन्टन), कुशल भुर्तेल (क्रिकेट)

२०७६ – विजेता अरुणा शाही (भलिबल), मनोनयन : सावित्रा भण्डारी (फुटबल), मन्डेकाजी श्रेष्ठ (कराते), सदिना श्रेष्ठ (बास्केटबल), गौरिका सिंह (पौडी)

२०७५ – विजेता रेश्मा भण्डारी (भलिबल), मनोनयन : सन्दीप लामिछाने (क्रिकेट), प्रिन्स दाहाल (ब्याडमिन्टन), सावित्रा भण्डारी (फुटबल), महेश्वर महर्जन (शारीरिक सुगठन)

२०७४ – विजेता स्यान्टु श्रेष्ठ (टेबल टेनिस), मनोनयन : सन्दीप लामिछाने (क्रिकेट), किरण चेम्जोङ (फुटबल), मान बहादुर श्रेष्ठ (भलिबल), प्रतिमा शेर्पा (गल्फ)

२०७३ – विजेता कान्छीमाया कोजु (एथलेटिक्स), मनोनयन : दीपेन्द्रसिंह ऐरी (क्रिकेट), गौरिका सिंह (पौडी), फुपू ल्हामु खत्री (जुडो), सुजल श्रेष्ठ (फुटबल)

२०७२ – विजेता नविता श्रेष्ठ (टेबल टेनिस), मनोनयन : नवयुग श्रेष्ठ (फुटबल), सन्दीप लामिछाने (क्रिकेट), प्रतिभा माली (भलिबल), तारादेवी पुन (भारोत्तोलन)

२०७० – सरस्वती चौधरी (भलिबल)

२०६९ – झरना गुरुङ (उसु)

२०६८ – रमिला तन्डुकार (भलिबल)

२०६७ – सिपोरा गुरुङ (भलिबल)

२०६६ – सन्तोष साहुखल (फुटबल)

२०६५ – मन्जु गुरुङ (भलिबल)

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

Success

Thank you for your time.