default_image

9 months ago

February 9, 2024

उत्कृष्ट महिला खेलाडीको अन्तिम मनोनयनमा अनुषा, पुष्पा र राजपुरा

780 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को वर्ष उत्कृष्ट महिला खेलाडीको अन्तिम मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मन्चले माघ २८ गते आयोजना गर्ने अवार्डको शुक्रबार ४ व्यक्तिगत विधातर्फ ३ खेलाडी समेट्दै अन्तिम मनोनयन सार्वजनिक गरेको हो । यसपटक पहिलो चरणमा ४ विधाका समान ८ जनालाई मनोनयनमा राखिएको थियो । वर्षका उत्कृष्ट खेलाडी महिलामा बास्केटबलकी अनुशा मल्लसँग एथलेटिक्सकी पुष्पा भण्डारी र राजपुरा पछाई प्रतिस्पर्धामा छन् । पहिलो चरणबाट जयरानी थारुसहित फुटबलकी अमिशा कार्की, पौडीकी डुवाना लामा, जुडोकी पुनम श्रेष्ठ र ट्रायथलनकी श्रेवी महर्जन अन्तिम मनोनयनमा परेनन् ।

अनुशा मल्ल (बास्केटबल)

– माल्दिभ्समा भएको साबा वुमेन्स च्याम्पियनसिपमा रजत
– साबा वुमेन्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडी
– नेपालले खेलेको तीनमध्ये दुइ खेलमा नेपालको तर्फबाट उच्च स्कोर गर्ने खेलाडी
– नवौं राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशबाट रजत जित्न सफल

पुष्पा भण्डारी (एथलेटिक्स)

– बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा राष्ट्रिय कीतिमानसहित स्वर्ण
– १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (राजपुरा पछाई र विन्द्राधन्के श्रेष्ठ)
– नवौं राष्ट्रिय खेलकुद महिला १० हजार मिटरमा कांस्य
– सहारा हाफ म्याराथन स्वर्ण
– कान्तिपुर हाफ म्याराथनमा रजत
– वीर गणेशमान सिंह १० किमि रोड रेसमा रजत
– मदन भण्डारी स्मृति रोड रेस ५ किमि रोड रेसमा रजत

राजपुरा पछाई (एथलेटिक्स)

– १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप १० किमिमा रजत पदक
– १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (पुष्पा भण्डारी र विन्द्राधन्के श्रेष्ठ)
– नवौं राष्ट्रिय खेलकुद महिला ५ हजार मिटरमा रजत
– वीर गणेशमान सिंह र धरान १० किमि रोड रेसमा स्वर्ण
– कान्तिपुर, पोखरा, लुम्बिनी, इलाम माईपोखरी र प्रधानसेनापति हाफ म्याराथनमा स्वर्ण
– नेपालगन्ज म्याराथनको ५ किमि दौडमा स्वर्ण
– राष्ट्रिय एथलेटिक्समा ३ हजार मिटर दौडमा रजत

यस्तै वर्ष पुरुष खेलाडीमा क्रिकेटका आसिफ शेख र रोहित पौडेलसँगै एथलेटिक्सका दीपक अधिकारी परेका छन् । वर्षका उत्कृष्ट युवा खेलाडी अवार्डका लागि क्रिकेटका देव खनाल, एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ छन् । वर्षका उत्कृष्ट प्रशिक्षकमा एथलेटिक्सका चन्द्र गुरुङ, बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटा छन् ।

वर्ष २०७९ सालमा गरेको प्रदर्शनका आधारमा खेलाडी र उसलाई सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेका प्रशिक्षकलाई मनोनयनमा परेको बताइएको छ ।

पिपल्स च्वाइस विधाको मनोनयन भने सार्वजनिक हुँदै मतदान प्रक्रियामा छ । पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा छन् ।

स्पोर्ट्स अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ ।

यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल रहेको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी तथा सह–प्रायोजक र सहयोगीमा ई–सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटल, प्लाजा ग्रुप अफ होटल्स, आईएसएस, ई–ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।

October 23, 2024

खेलकुद प्रसारणको व्यवसायीकरणमा पछाईको पहल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा समूहगत खेल लोकप्रिय छन् । मुख्यतः फुटबल, भलिबल पहिला देखि नै र पछिल्लो एक दशकमा क्रिकेट निकै लोकप्रिय खेलमा पर्दछ । यि तीन खेलको फ्यान फलोइङमा पनि उत्तिकै छ । केहि समय अघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा विश्वकप लिग-२ का खेलमा देखिएको दर्शकको तस्वीरलाई विश्वभरका सन्चारमाध्यममा चर्चाको विषय बनेको थियो […]

October 23, 2024

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस – कायन र निम्ती विजयी

काठमाडौं (हाम्रो खेलकुद) – कायन चालिसे र निम्ती कुवँर चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा यु–८ सिंगल्समा बुधबार च्याम्पियन भएका छन् । सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा जारी प्रतियोगितामा बुधवार यु–८ उमेरसमूहमा कायन ब्वाइज र निम्ती गल्र्सतर्पm च्याम्पियन भएका हुन् । कायनले फाइलनमा टोनिस श्रेष्ठलाई १०–७ र १०–३ ले हराए । निम्तीले भने अमिरा […]

October 23, 2024

आर्मी र ठमेल टुरिजम क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रा खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लब र ठमेल टेरिजम डेभलपमेन्ट काउन्सिल दोस्रो भेट्रान्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगिताको समूह चरणको अन्तिम दिन बुधवार जित निकाल्दै आर्मी र ठमेल टुरिजम अन्तिम ८ मा पुगेका हुन् । थिमीस्थित मध्यपुर युथ एसोसियसनको मैदानमा भएको खेलमा आर्मीले सानोगौचरण नाइटकिङ (एसएनकेसी) लाई […]

Success

Thank you for your time.