2 years ago
February 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को वर्ष उत्कृष्ट युवा खेलाडीको अन्तिम मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मन्चले माघ २८ गते आयोजना गर्ने अवार्डको शुक्रबार ४ व्यक्तिगत विधातर्फ ३ खेलाडी समेट्दै अन्तिम मनोनयन सार्वजनिक गरेको हो । यसपटक पहिलो चरणमा ४ विधाका समान ८ जनालाई मनोनयनमा राखिएको थियो । वर्षका उत्कृष्ट युवा खेलाडी अवार्डका लागि अन्तिम मनोनयनमा क्रिकेटका देव खनाल, एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ छन् । क्रिकेटका दीपेश कँडेल, फुटबलका सुजाता तामाङ र युनेश बुढाथोकी, बक्सिङका विजय बाटासहित गल्फका सद्भाव आचार्य अन्तिम मनोनयनयमा परेनन् ।
देव खनाल (क्रिकेट)

– नेपालले ८ वर्षको खडेरी तोड्दै २०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट गराउन सफल कप्तान
– देव खनालको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल
– ५ खेलको ३ इनिङ्समा ६५ माथिको औसतमा १ सय ९७ रन बनाउन सफल
– कुवेतविरुद्ध राउन्ड रोबिन खेलमा १ सय २५ र यूएईविरुद्ध फाइनलमा ५१ रन बनाउन सफल
– उनकै कप्तानीमा लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय प्रतियोतामा उपविजेता
राममाया बुढा (एथलेटिक्स)

– १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा जुनियर व्यक्तिगत र टिम इभेन्टमा रजत (महिला जुनियर ६ किमि)
– एपीएफ परिवार महिला संघ हाफ म्याराथनमा स्वर्ण विजेता
– गोल्डेन एथलेटिक्स मिटको १५०० मिटर दौडमा स्वर्ण र ५ किमिमा रजत
– देवदह हाफ म्याराथनमा स्वर्ण र राइट टु प्रोटिन रनमा रजत
– दोस्रो वीर गणेशमान सिंह १० किमि, मदन भण्डारी मेमोरियल र केपी ओली रोड रेस ५ किमि रोड रेसमा रजत
– तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्सको ३ हजार मिटर दौडमा स्वर्ण
सुष्मा तामाङ (बक्सिङ)

– एएसबीसी यू–२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा रजत
– नेपालले एसियाली स्तरमा जितेको अहिलेसम्मको ठूलो पदक । फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अंकका आधारमा पराजित । त्यसअघि उनको भियतनामकी फाम थी किनहान र मंगोलियाकी बाइसेनबाई जनरगुलीविरुद्ध जित ।
– एएसबीसी यू–२२ च्याम्पियनसिपमा रजत जितेपछि सिधै महिला वल्र्ड बक्सिङ च्याम्पियनसिपमा छनोट
– नवौं राष्ट्रिय खेलकुदमा महिला ४८ केजी तौलमा वाग्मती प्रदेशका लागि स्वर्ण
– विश्व महिला बक्सिङ च्याम्पियनसिप, भारतमा सहभागी
यस्तै वर्ष पुरुष खेलाडीमा क्रिकेटका आसिफ शेख र रोहित पौडेलसँगै एथलेटिक्सका दीपक अधिकारी परेका छन् । वर्षका उत्कृष्ट खेलाडी महिलामा बास्केटबलकी अनुशा मल्लसँग एथलेटिक्सकी पुष्पा भण्डारी र राजपुरा पछाई प्रतिस्पर्धामा छन् । वर्षका उत्कृष्ट प्रशिक्षकमा एथलेटिक्सका चन्द्र गुरुङ, बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटा छन् ।
वर्ष २०७९ सालमा गरेको प्रदर्शनका आधारमा खेलाडी र उसलाई सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेका प्रशिक्षकलाई मनोनयनमा परेको बताइएको छ ।
पिपल्स च्वाइस विधाको मनोनयन भने सार्वजनिक हुँदै मतदान प्रक्रियामा छ । पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा छन् ।
स्पोर्ट्स अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ ।
यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल रहेको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी तथा सह–प्रायोजक र सहयोगीमा ई–सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटल, प्लाजा ग्रुप अफ होटल्स, आईएसएस, ई–ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]