2 years ago
February 13, 2024
सुमन अधिकारी,बुटवल
रूपन्देहीको तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल पुगिसकेको नेपाल पुलिस क्लब समूह ए को विजेता बनेको छ ।
समूह चरणको आफ्नो अन्तिम खेलमा मंगलबार विहान कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेपछि पुलिस समूह विजेता बनेको हो । पुलिसले कोशीलाई २५–१७, २५–१५ र २५–१३ ले पराजित ग¥यो ।
पुलिसले यसअघि भएका खेलमा त्रिभुवन आर्मी क्लब, सुदुरपश्चिम प्रदेश र मधेश प्रदेशलाई पराजित गरेको थियो । पुलिसले समूह बीको उपविजेतासँग सेमिफाइनल खेल्ने छ ।
आजै आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच हुने खेलको नतिजाबाट समूह एको उपविजेताको टुंगो लाग्नेछ । समूहमा आर्मी र कोशीले समान २ खेल जितेका छन्।
यी दुबै टिमले ४ खेलमा २–२ खेल जितेका छन् ।
मधेश प्रदेश, सुदुरपश्चिम र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन् । मंगलबार समूह ‘बी’ मा बागमती प्रदेश र एपिएफ, तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुने छ ।
प्रदेश खेलकुद परिषद, लुम्बिनीको मुख्य प्रायोजन, नेपाल भलिबल संघको संयोजन तथा मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीको आयोजनामा शुक्रवारबाट सुरु भएको प्रतियोगितामा सहभागी १० टिमलाई दुई समुहमा विभाजन गरि प्रतिप्रस्पर्धा गराइएको छ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]