2 years ago
February 13, 2024
सुमन अधिकारी,बुटवल
तीन विभागिय टोली र गण्डकी प्रदेश रुपन्देहीको तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रियस्तर पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नेपाल पुलिस क्लब सोमबार नै अन्तिम चारमा पुगिसकेको थियो भने त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र गण्डकी मंगलबारको खेल जित्दै सेमिफाइनलमा पुगेका हुन् ।
समुह ए बाट पुलिस विजेता र आर्मी उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । समूह बीबाट एपिएफ विजेता र गण्डकी उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । बुधबार हुने सेमिफाइनलमा पुलिसले गण्डकी र आर्मीले एपिएफको सामना गर्नेछ । फाइनल फागुन बिहीबार हुनेछ ।
अघिल्लो दिननै सेमिफाइनल पुगेको पुलिसले बुधबार कोशी प्रदेशलाई २५–१७, २५–१३ र २५–१५ को सोझो सेटमा हराउँदै समूह विजेता बनेको हो । एपिएफ बागमती प्रदेशलाई २५–१८, १८–२५, २५–१९, र २५–१९ ले हराउँदै समुह बीको विजेताका रुपमा सेमिफाइनल पुगेको थियो ।
आर्मी सुदूरपश्चिम प्रदेशलाई ३–० ले हराउँदै समूह एको उपविजेता बनेको हो । आर्मीले सुदूरपश्चिमलाई २५–१५, २५–१९ र २५–१९ ले पराजित गर्यो । गण्डकीले लुम्बिनीलाई २५–१७, २५–१८ र २५–२२ को सोझो सेटमा पराजित गर्दै समूह बीको उपविजेता बनेको थियो ।
प्रदेश खेलकुद परिषद, लुम्बिनीको मुख्य प्रायोजन, नेपाल भलिबल संघको संयोजन तथा मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले २ लाख , दोस्रोले र १ लाख ५०, तेस्रोले १ लाख र चौथो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। । सर्वोत्कृष्ट खेलाडीले १० हजार र विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]