2 years ago
March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब
संखुवासभाको खादबारीमा जारी मुख्यमन्त्री कप पुरुष भलिबलको फाइनलमा पुगेको छ।
प्रतियोगिताको चौथो दिन शुक्रबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा सहजै हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो।
एपिएफले आर्मीलाई २५-१५,२५-१९ र २५-२२ को सोझो सेटमा पराजित गरेको हो। एपिएफका रुपेन्द्र नेपाली प्लेयर अफ दि म्याच घोषित भएका थिए।
एपिएफले फाइनलमा गण्डकी प्रदेशको सामना गर्नेछ। समूह चरणमा यि दुई टोली एकै समूहमा थिए। जहाँ एपिएफले गण्डकीलाई ३-० को सोझो सेटमा हराएकाे थियो।
पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई निराश पार्दै गण्डकी अन्तिम दुईमा पुगेको थियो । गण्डकीले ३४ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन पुलिसलाई १७-२५, २५-२१,२६-२४,२०-२५ र १५-११ ले हराएको थियो। गण्डकीका सरोज बर्देवा खेलको प्लेयर अफ दि म्याच घोषित भएका थिए।
आजै बिहान एपिएफले सुदूरपश्चिम प्रदेशलाई हराएपछि समूह ‘बी’ को उपविजेताका रुपमा गण्डकी सेमिफाइनल पुगेको थियो। समूह चरणमा अपराजित पुलिस समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो। शनिबार आर्मी र पुलिसबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।
प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजना र जिल्ला भलिबल संघको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेता टोलीले ३ लाख, दोस्रोले १ लाख ५० हजार, तेस्रोले ५० हजार र चौथो हुने टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले २५ तथा विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ पाउनेछन् ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]