2 years ago
March 26, 2024
काठमाडौं (हाम्रो खेलकद) – एमेच्योर सदभाव आचार्य र प्रो भुवन नगरकोटी सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको दोस्रो दिन संयुक्त रुपमा शीर्षस्थानमा रहन सफल भएका छन् ।
सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगितामा समग्रमा ९-अन्डर १ सय ३५ को स्कोरमा यी दुईले ५ स्ट्रोकको अग्रता कायम गरेका हुन् । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभावले दिनको उत्कृष्ट नतिजा निकाल्ने क्रममा ८-अन्डर ६४ को स्कोर लेखाए । पहिलो दिनका संयुक्त लिडर भुवनले आज ६-अन्डर ६६ को स्कोरका साथ शीर्षस्थानमा कायमै रहे ।
आज २-अन्डर ७० खेल्दै समग्रमा ४-अन्डर १ सय ४० सहित विजय श्रेष्ठ एनहाउस तेस्रो स्थानमा छन् । समग्रमा १-अन्डर १ सय ४३ को स्कोर बनाएका युवराज भुजेल, रवि खड्का र निरज तामाङले संयुक्तरुपमा चौथो स्थान बाँडे । युवराजले १-अन्डर ७१ को स्कोर बनाउँदा रवि र निरजले १-ओभर ७३ मा खेल सके ।
३६ होलको समाप्तीमा १३-ओभर १ सय ५७ सम्म स्कोर गर्ने २३ प्रो र ६ एमेच्योर गरी कुल २९ गल्फरले कट बनाए । कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुने गल्फरले क्रमश ९६ हजार र ७२ हजार नगद प्राप्त गर्नेछन् । कट बनाएका २३ प्रो गल्फर मध्ये उत्कृष्ट २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]