default_image

1 year ago

August 8, 2024

एभरेष्ट महिला भलिबल लिग – ६ टोली सार्वजनिक

12142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एभरेस्ट महिला भलिबल लिगले पहिलो सिजनमा भाग लिने ६ फ्रेन्चाइज टोली सार्वजनिक गरेको छ।

इन्फिनिटी ड्रिम्स प्रालिले बिहीवार पत्रकार सम्मेलनमार्फत सहभागी टोली र त्यसका प्रर्वद्धक सार्वजनिक गरेको‌ हो ।

इन्फिनिटी ड्रिम्सकी स्नेभी चापागाईंले‌ महिला शसक्तिकरणका‌ लागि महिला लिग महत्वपूर्ण हुने विश्वास लिइएको बताइन्।

महिला भलिबल लिगमा आयोजनाको‌ लागि इन्फिनिटी ड्रिम्स र नेपाल भलिबल संघबीच केही साता सम्झौता भएको थियो।

हरेक टोलीले १४ खेलाडीमा‌ ९ नेपाली र ३ विदेशी राख्न पाउने इन्फिनिटी ड्रिम्सका संस्थापक आमिर अख्तरले जानकारी दिए । नेपाली‌ खेलाडीको‌ ड्राफ्ट सुची केहि दिनमा सार्वजनिक गरिने उनले बताए । लिगको टोलीलाई २ खेलाडी ट्यालेन्ट हन्टबाट पनि खेलाडी छनोट गरिने बताएको छ।

नेपाली‌ खेलाडीलाई ३ श्रेणीमा विभाजन गरिएको र त्यसमा एको १ लाख ५०, बीको १ लाख तथा ५० हजार रुपैयाँ मुल्य निर्धारण गरिएको अख्तरले बताए‌ ।

नेपाल भलिबल संघका‌ अध्यक्ष जीतेन्द्रबहादुर चन्दले भविष्यमा खेलाडीले‌ पाउने रकम बढ्दै जाने विश्वास व्यक्त गरेका छन्। पुरुष फ्रेन्चाइज लिगको लागि भलिबल संघले केडिया ग्रुपसँग‌ सम्झौता गरेको थियो।

सहभागी टोलीको नाम र प्रर्बद्धक

टिम काठमाडौं: शरद कृष्ण टिबरेवाला
टिम ललितपुरः अनुज एम. तिमिल्सिना, अनोज रिमल र विरोचन खनाल (कोरसिंक नेपाल)
टिम मधेश: रोहित अग्रवाल र विशाल अग्रवाल
टिम गण्डकी: सौरभ केडिया
टिम चितवनः निम्बस होल्डिंग्स
टिम कर्णाली: राजेश बगडिया र प्रतिक अधिकारी

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

Success

Thank you for your time.