default_image

1 year ago

October 24, 2024

साम्बासहित ४ खेलाडी परिवर्तन

6978 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)–नेपालले महिला साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध समूह चरणको अन्तिम खेलको‌ पहिलो रोजाई अघिल्लो खेलका ४ खेलाडी परिवर्तन गरेको छ।

राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बासँगै सावित्रा भण्डारी साम्बा, अमिषा कार्की, अमृता जैसीले सुरुआती ११ मा मौका पाएका छन् ।

माल्दिभ्स विरुद्ध अघिल्लो खेलमा‌ पहिलो रोजाईमा‌ रहेका गोलकिपर अन्जना राना मगर, रश्मीकुमारी घिसिङ, विमला चौधरी र निशा थोकरलाई मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बेन्चमा राखेका छन्।

रेखा पौडेल, सविता राना मगर, सरु लिम्बु, रेनुका नगरकोटे, विमला विक, प्रिती राई, गिता रानाले निरन्तरता पाएका छन्। खेलमा ४ अंक बटुलेको नेपालले सेमिफाइनलका लागि कम्तीमा बराबरी गर्नुपर्ने छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजै भएको खेलमा भुटानले माल्दिभ्सलाई १३- ० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। पहिलो खेलमा नेपाल र भुटानले गोल रहित बराबरी खेलेका थिए। नेपालले माल्दिभ्सलाई ११-० र भुटानले श्रीलंकालाई ४-१ ले हराएको थियो।

श्रीलंकालाई ६ गोल गर्दै ५ गोलको अन्तरले जितेमा नेपाल समूह ‘बी’को विजेता बन्नेछ। समूह एबाट बंगालादेश विजेता र भारत उपविजेताका रुपमा अन्तिम ४ मा पुगिसकेका छन् ।

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 10, 2025

चन्द्र आइबिए विश्व बक्सिङको सेमिफाइनलमा, १ करोड भन्दा बढी पुरस्कार पक्का

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका‌ छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]

Success

Thank you for your time.