1 hour ago
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ ।
ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ ।
नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र जापानबाट आउन लागेका जापानी प्रशिक्षक युता ओगुराले प्रशिक्षण दिने छन् । उनीहरुको साथमा नेपालका ‘ए’ लाइसेन्स प्रशिक्षक राजेन्द्र तामाङसहित स्थानीय प्रशिक्षकहरु पनि रहने एकेडेमीले जनाएको छ ।
ओगुरा जेएफएको सर्टिफाइड लेभल टु इन्स्ट्रकर हुन् । उनी जे लिगको क्लब सोनम बेलमेरको ३ वर्ष यू–१३ का प्रशिक्षक थिए । ओगुराले सन् २०१५ देखि विभिन्न स्कुल, एकेडेमीलाई प्रशिक्षण दिदैं आएका छन् । उनी जापानको टोकियोमा अवस्थिति फनरुट्स फुटबल एकेडेमीमा पनि आवद्ध छन् ।

बिहान ९ देखि ११ बजेसम्म १० देखि १२ वर्ष र दिउसो २ बजे देखि ४ बजेसम्म १३ देखि १६ वर्षका खेलाडीलाई ३ दिने प्रशिक्षण दिने एकेडेमीले जनाएको छ ।
एक समय नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य गौचनले ३ वर्ष अघि आफ्नो नाममा फुटबल एकेडेमी खोल्दै बाल र युवा फुटबल खेलाडीहरुलाई प्रशिक्षण दिदैं आएको छ ।
पछिल्लो साँढे दुई दशक देखि गौचन जापानलाई कर्मथलो बनाउदै विभिन्न फुटबल प्रशिक्षणमा आवद्ध छन् । गौचनको पहलमा पछिल्लो दशक यता हरेक वर्ष नेपालका किशोर खेलाडीले एक साता जापानमा कोपा टोरेरोज प्रतियोगितामा सहभागिता जनाउदै आएका छन् ।
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]