1 year ago
November 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले कप्तानमा टोप बहादुर थापा ‘दीपक’ लाई निरन्तरता दिएको छ।
हेल्प नेपालले यसै महिना हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा भाग लिने तयारीमा रहँदा दीपकलाई कप्तानीको जिम्मेवारी दिएको क्लबले आफ्नो सामजिक सन्जालमार्फत मंगलवार जानकारी दिएको छ ।
दीपककै कप्तानीमा हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन बनेको थियो। हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियनसिप खेल्ने छन् ।
भारतीय सेनामा कार्यरत उनी बिदा मिलाएर एनिभए लिग, एनभिए क्लब च्याम्पियनसिप र टाइगर कपलगायतक चर्चित प्रतियाेगिता खेल्न नेपाल आउने गर्छन् । हेल्प नेपालले मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई निरन्तरता दिएको सोमवार जानकारी दिएको थियो।
काभाको कार्यक्रम अनुसार नेपाल भलिबल संघको आयोजनामा मंसिर २२ गते देखि २९ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हुनेछ।
क्लब च्याम्पियनसिपमा सेन्ट्रल एसियाका विभिन्न राष्ट्रका च्याम्पियन टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट भने आयोजक राष्ट्र भएका कारण २ क्लबले सहभागिता जनाउने पक्का भएको हो ।
हेल्प नेपालले क्लब च्याम्पियनसिपका लागि विदेशी खेलाडीसँगै नेपालमै अन्य विभागीय टोलीबाट खेलिरहेका खेलाडीलाई यो प्रतियोगिताका लागि क्लबमा ल्याउने तयारी गरिरहेको छ ।
यसपटक हेल्प नेपाल र गण्डकीले विदेशीसँगै अन्य विभागका खेलाडी सम्मिलित गरेर टिम निर्माण गर्ने तयारी गरिरहेको बताइएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]