1 year ago
November 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गल्फको व्यावसायिक टुर सूर्य नेपाल गल्फ टुर २०२४-२५ सोमबारदेखि सुरु हॅुदैछ ।
गोकर्ण गल्फ क्लबमा सूर्य नेपाल सेन्ट्रल ओपनसॅगै नयॅा सिजन सुरुवात हुने भएको हो । ४ दिन चल्ने प्रतियोगितामा ३३ जना व्यावसायिक र करिब १२ जना एमेच्योर सहभागिता रहने अपेक्षा गरिएको छ । शीर्ष २१ प्रो र ६ एमेच्योरले मात्र कट पार गरेर अन्तिम ३६ होल खेल्नेछन् ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैंया पाउनेछन् । उपविजेताले १ लाख र तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछन् । कट पार गर्ने प्रोले नगद पुरस्कार पाउनेछन् ।
नेपाल नम्बर १ एमेच्योर तथा यस प्रतियोगिताका साविक विजेता सद्भाव आचार्य यसपटक दावेदारको रूपमा रहनेछन् । भुवन नगरकोटी, निरज तामाङ, धनबहादुर थापा, संजय लामाको पनि दावेदारीमा छन् ।
टुर अन्तर्गत यस सिजन ८ प्रतियोगिता हुनेछ । कुल पुरस्कार रकम ६७ लाख ३२ हजार रूपैंया रहेको छ । टुरमा ३ ह्यान्डिक्याप भन्दा कम रहेका एमेच्योरले खेल्न पाउनेछन् ।
प्रोफेसनल गल्फर संघ नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले १७ औं वर्षसम्म सहकार्य गर्न पाएकोमा सूर्य नेपाललाई धन्यवाद दिए । उनले यस टुरले गल्फको स्तरोन्नतिमा सहयोग पुर्याइरहेको बताए ।
संघका महासचिवले पनि व्यावसायिक गल्फको निरन्तरताले एमेच्योरलाई ठूलो सहयोग पुगेको बताए । नेपाल गल्फ संघसँग पनि यसका लागि निरन्तर सहकार्य भइरहेको जानकारी दिए ।
यस सिजनको तालिका:

December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]