11 months ago
January 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कबड्डी लिग (एनकेएल) लाई केबी सामले मुख्य प्रायोजन गरेको छ। अब प्रतियोगिताको नाम केबी साम एनकेएल हुनेछ ।
एनकेएलको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमितकुमार बेगानी र आल्मुनियम उत्पादक कम्पनीकेबी सामका मार्केटिङ एन्ड सेल्सका प्रमुख रुपेश थापाले बुधवार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता ३ वर्षका लागि गरेको बताइएको छ ।
सम्झौताअनुसार केबी सामले बार्षिक ७५ लाख रुपैयाँ एनकेएललाई दिनेछ । कबड्डीमा यो अहिले सम्मकै ठूलो प्रायोजन हो।
वीरगंजमा कारखाना रहेको केबी सामले २५ वर्षयता देशका सबै जिल्लामा आल्मुनियमको व्यवसाय गर्दै आएको जनाइएको छ।
एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष बेगानीले भने, ‘यो पहिलो वर्ष हो, लगानीको वर्ष हो । नेपाललमा २५–३० हजारले कबड्डी खेल्छन् । हामीसँग उच्चस्तरका खेलाडी छन् । यसले नेपालमा कबड्डीको राम्रो संभावना भएको देखाउँछ । यसैका लागि केबी सामले साथ दिएको हो ।’
केबी सामका मार्केटिङएन्ड सेल्सका प्रमुख रथापाले भने, ‘पूर्वमेचीदेखि पश्चिम महाकलीसम्म केबी साम विस्तारित छ । कबड्डीमा गरिएको लगानीले कम्पनीको प्रवद्र्धनमा पनि साथ दिनेछ । त्यसैले एनकेएलमा स्पोन्सर गर्दा दुवैलाई फाइदा हुन्छ ।’
एनकेएलको पहिलो संस्करण त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार सुरु हुँदैछ । ६ टोलीले एनकेएलमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली राष्ट्रिय पुरुष टोलीका कप्तान घनश्याम रोका मगरसहित केही खेलाडीसँग प्रो कबड्डी लिगको अनुभव छ । एनकेएलमा स्वदेशी ६६ र बिदेशी १८ खेलाडी छन् । थाइल्यान्ड र बंगलादेशका समा ६, श्रीलंकाका र केन्याका समान ३ खेलाडीले एनकेएल खेल्नेछन् । हरेक टोलीमस १४ खेलाडी रहनेछन् ।
विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले एनकेएको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
राउन्ड रोविन लिगपछि शीर्ष ४ टोली प्ले अफमा पुग्नेछन्। उद्घाटन खेल काठमाडौं माभरिक्स र पोखरा लेकर्सबिच हुनेछ ।
‘नो योर गेम्स’
एनकेएलको पूर्वसन्ध्यामा नेपाल खेलकुद पत्रकार मञ्चले बुधवार‘नो योर गेम्स’ सञ्चालन गर्यो ।एनकेएलका टेक्निकल डिरेक्टर प्रसाद रावले कबड्डीको प्राविधिक पक्ष, नियम र प्रचलनबारे जानकारी दिए ।
राव भारतको प्रो कबड्डी लिग (केपिएल) का पनि टेक्निकल डिरेक्टर हुन् । त्यस्तै अखिल नेपाल कबड्डी संघका सचिव तर्कराजज भट्टले नेपाली कबड्डीको अवस्थाबारे बताए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]