11 months ago
January 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जनकपुर नाइट्सले
केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा लगातार दाेस्राे जित हासिल गरेकाे छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्काे कभर्डहलमा साेमवार भएकाे खेलमा जनकपुरले धनगढी वाइल्ड क्याट्सलाई ३७-३१ काे स्काेरमा पराजित गरेकाे हाे।
जितसँगै जनकपुरले ५ अंक जोडेको छ। यो सँगै जनकपुरको दुई खेलमा १० अंक भएको छ। धनगढीले १ अंक जोडेको छ।
पहिलो खेलमा जनकपुरले हिमालयन रेइडर्सलाई ३५-२४ ले हराएको थियो। धनगढी भने पहिलो खेलमा विराटनगर ब्यान्डिट्ससँग ४६-३४ ले पराजित भएको थियो।

जनकपुरले रेडबाट २४, ट्याकलबाट ९ अलआउटबाट चार र बोनस पोइन्टबाट ६ अंक जोडेको हो। धनगढीले रेडबाट २७, ट्याकलबाट चार र बोनसबाट ११ अंक जोड्यो।
सुरुआती समयमा धनगढीले पनि जनकपुरलाई दबाबमा राखेको थियो। तर, ट्याकलमा कमजोर हुँदा धनगढी पहिलो हाफमै दुईपल्ट अलआउट भयो ।
जनकपुरले भने ट्याकलमा सानदार प्रदर्शन गर्दै ६ अंक जोड्यो। धनगढीले भने २ अंक मात्रै जोड्न सकेको थियो।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]