default_image

11 months ago

January 23, 2025

दोस्रो दिन निरजलाई एक स्ट्रोकको अग्रता

380 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – धरानका प्रो निरज तामाङले सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन भुवन कुमार रोक्कालाई एक स्ट्रोकले पछि पारेका छन् । लगातार दोस्रो दिन शीर्षस्थानमा कायमै रहेका उनको अग्रता मात्र एक स्ट्रोकमा झरेको छ ।

हिमालयन गल्फ कोर्समा दोस्रो दिनको खेल सुरू गर्दा निरजसँग दुई स्ट्रोकको अग्रता थियो । भुवनले २-अन्डर ६७ को स्कोर निकाले। समग्रमा ४-अन्डर १३४ को नतिजामा उनले निरजलाई चुनौती दिएका छन् ।

बाक्लो हुस्सुको कारण खेल दुई घण्टा ढिला सुरू भयो। जसका कारण विभिन्न ६ होलबाट सट गन प्रणालीमा खेल सुरू गरियो। सूर्य नेपाल गल्फ टुरको इतिहासमा सट गनबाट खेल खेलाइएको यो पहिलो पटक हो। जहाँ लिडर निरजलर भने पहिलो होलबाट नै खेलको सुरूवात गरे। चौथो र आठौं होलमा एक-एक सट बचाए भने सातौं होलमा बोगी खेपे। रन्ट नाइन १-अन्डर ३३ मा सकाए। यसपछि १०औं होलमा बर्डी प्रहार गर्दा २-अन्डर स्कोर बनाइसकेका थिए। तर चार पारको १३औं होलमा टि सट हजार्डमा गएपछि। उनले यो होलमा ट्रीपल बोगीको सामना गरे। तर यो खराब प्रदर्शन बिर्सदै १७ औं र १८औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन इभन-पार ३५ मा पुरा गरे।

भुवनले पहिलो नौ होलमा पार जोगाउँदै फ्रन्ट नाइन इभन-पार ३४ खेले। ११औं होलमा एक सट जोगाए। तर
१४औं होलमा डबल बोगी खेपेे। यसपछि १५औं देखि १७औं लगातार तीन बर्डी सहित ब्याक नाइन २-अन्डर ३३ मा सकाए।

समग्रमा इभन-पार १३८ को स्कोर बनाएका धन बहादुर थापा र सञ्जय लामा संयुक्तरुपमा तेस्रो स्थानमा रहे। धन र सञ्जय दुवैले १-ओभर ७० को स्कोर दर्ज गरे। जयराम श्रेष्ठ र एमेच्योर सुन्दर राई संयुक्तरुपमा पाँचौं स्थानमा छन्। उनीहरूले समग्रमा २-ओभर १४० स्कोर निकाले।

एमेच्योरतर्फ सुन्दर राईले सुमन परियारलाई ६ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहन सफल रहे। सुन्दर समग्रमा २-ओभर १४० को स्कोरमा छन्। सुमनले समग्रमा ८-ओभर १४६ स्कोर बनाए।

३६ होलको समाप्तीमा १५-ओभर १५३ स्कोर गरेका २१ प्रो र ६ एमेच्योर गरी कुल २६ गल्फरले कट बनाएका छन्। ५४ होलको तीन दिने प्रतियोगितामा कुल पुरस्कार ८ लाख ८२ हजार रहेको छ। विजेताले १ लाख ५० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख र ७२ हजार प्राप्त गर्नेछन। शीर्ष २१ मा पर्ने गल्फरहरूले पनि नगद हात पार्नेछन।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.