9 months ago
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपको कांस्य विजेता नेपाली टोली सोमवार स्वदेश फर्केको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुल्सी थापा, कबड्डीकी मुख्य प्रशिक्षक पार्वती राई, प्रशिक्षक, खेलाडीलगायतले टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
इरानको तेहरानमा भएको प्रतियोगिताको समूह चरणमा नेपालले इराकलाई ६८-६ ले पराजित गरेको थियो । नेपालसहित तीन राष्ट्र रहेको समूह चरणको अर्को खेलमा भने नेपाल इरानसंग ४७–१४ ले पराजित हुँदै समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्दै कांस्य पदक पक्का गरेको थियो ।
सेमिफाइनलमा भारतले नेपाललाई ५६–१८ ले हराएको थियो । फागुन २० देखि २४ गतेसम्म भएको प्रतियोगितामा नेपालसंगै बंगलादेश पनि संयुक्त रुपमा तेश्रो भयो । भारत पहिलो र इरान दोश्रो स्थानमा रहे ।
चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य जितेको थियो ।
सदस्य–सचिव घिसिङले एसियाली खेलकुदमा कबड्डी टोलीलाई सहभागी गराएकोमा आफूले धेरै आलोचना खेप्नु परेको स्मरण गर्दै भने– ‘१९ औं एसियाली खेलकुदमा महिला कबड्डी टोलीलाई सहभागी गराउँदा मैले धेरै आलोचना खेप्नु परेको थियो । एसियाली खेलकुदमा नेपालले पदक जितेर इतिहास नै रच्यो । आज फेरि महिला टोलीले एसियाली च्याम्पियनसिपमा पदक जित्दै मेरो निर्णय सही सावित गर्दै सिंगो राष्ट्रलाई गौरवान्वित बनाएको छ । बधाई छ तपाईहरुलाई । अब म टोलीले विश्वकपमा पदक जितेको हेर्न चाहन्छु ।’
सदस्य–सचिव घिसिङले राष्ट्रिय खेलकुद विकास नियमावली– २०७९ मा भएको व्यवस्था अनुसार टोलीको नगद पुरस्कारका लागि सिफारिस गर्ने बताए ।

टोलीकी कप्तान मानमति विष्टले परिषद्ले कबड्डीलाई गरेको विश्वासकै कारण कबड्डीले एकपछि अर्को सफलता हात पारेको बताउदै राष्ट्रका लागि पदक जित्न सकेकोमा खुशी व्यक्त गरिन् ।
प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड र मलेसिया गरी ७ राष्ट्र सहभागी थिए । सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको थियो ।
खेलाडीमा मानमतिसहित जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव र विनिता पण्डित क्षेत्री रहेका छन् ।
अफिसियलमा कबड्डी संघका महासचिव अरविन्दकुमार झा, प्रशिक्षकमा हरिना थापा छन् भने नितु गुरुङ निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]