8 months ago
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काभ्रेपलाञ्चोकको बनेपा दोस्रो उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिता पहिलो दिन सोमवार ललितपुर उपमहानगरपालिका र प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी विजयी भएका छन्।
बनेपाको लायकु मञ्चमा रहेको भलिबल कोर्टमा भएको पहिलो खेलमा ललितपुरले महाभारत गाउँपालिकालाई २५-३,२५-५,२४-१४ ले हरायो।
दोस्रो खेलमा प्रोफेसनलले पनौती नगरपालिकालाई २५-११,२५-१५,२५-२० ले पराजित गर्यो।
बनेपा नगरपालिकाको आयोजना भएको प्रतियोगिताको व्यवस्थापनको बनेपा भलिबल प्रशिक्षण केन्द्रले गरेको छ।

काभ्रे जिल्ला भलिबल संघको सहकार्यमा भएको प्रतियोगितामा ९ वटा टोलीले भाग लिएका छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख, दोस्रो ५० हजार, तेश्रोले २५ हजार र चौथोले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
चैत ३० गते सम्म चल्ने प्रतियोगितामा आज खेल्ने ४ टोलीसहित टिपटप न्यू डायमन्ड युथ स्पोर्टस क्लव, धुलिखेल नगरपालिका, बुढानिलकण्ठ भलिबल क्लव, बनेपा नगरपालिका वडा नम्वर ९ र बनेपा नगरपालिकाको सहभागिता रहेको छ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]