default_image

8 months ago

April 8, 2025

बनेपामा टिप टप न्यु डायमण्डको जित

848 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काभ्रेपलाञ्चोकको बनेपामा जारी दोस्रो उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिता दोस्रो दिन मंगलवार टिप‌ टप न्यु डायमण्ड स्पोर्टस क्लब विजयी भएको छ।

बनेपाको लायकु मञ्चमा रहेको भलिबल कोर्टमा भएको मंगलवारको खेलमा समूह खमा न्यु डायमण्डले धुलिखेल नगरपालिकालाई ३-० को सोझो सेटमा पराजित गर्यो । न्यु डायमण्ड समूह विजेता र धुलिखेल उपविजेताका रुपमा क्वाटरफाइनलमा पुगेका छन्।

अर्को खेलमा बनेपा नगरपालिकाले पनौती नगरपालिकालाई ३-१ ले पराजित गर्यो । लगातार दुई हारमा पनौती प्रतियोगिताबाट बाहिरिएको छ।

पहिलो दिन पनौतीलाई हराएको प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीले बनेपालाई ३-०ले हराएको छ। समूह घबाट प्रोफेसनल विजेता र बनेपा उपविजेताका रुपमा अन्तिम आठमा पुगेका‌ छन् ।

समूह गमा बुढानिलकण्ठ भलिबल क्लबले बनेपा ९ लाई ३-० ले हराएको छ। बुढानिलकण्ठ विजेता र बनेपा ९ उपविजेताका रुपमा क्वाटरफाइनलमा पुगे ।

पहिलो दिन समूह कबाट ललितपुर उपमहानगरपालिका विजेता र महाभारत गाउँपालिका उपविजेताका रुपमा अन्तिम आठमा पुगेका‌ थिए।

बनेपा नगरपालिकाको आयोजना भएको प्रतियोगिताको व्यवस्थापनको बनेपा भलिबल प्रशिक्षण केन्द्रले गरेको छ। काभ्रे जिल्ला भलिबल संघको सहकार्यमा भएको प्रतियोगितामा ९ वटा टोलीले भाग लिएका छन् ।

प्रतियोगिताको‌‌ विजेताले ट्रफीसहित १ लाख, दोस्रो ५० हजार, तेश्रोले २५ हजार र चौथोले १० हजार रुपैयाँ प्राप्त गर्नेछ । चैत ३० गते सम्म चल्ने प्रतियोगितामा बुधवार क्वाटरफाइनलमा खेल हुनेछन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

Success

Thank you for your time.