5 months ago
July 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कलाकार तथा मोडल शुभेच्छा खड्का एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को अफिसियल प्रिजेन्टर नियुक्त भएकी छन् ।
आयोजक इन्फिनिटी ड्रिम्सले कला क्षेत्रको चर्चित नाम खड्कालाई लिगको दोस्रो संस्करणको लागि अफिसियल प्रिजेन्टरको रुपमा नियुक्त गरेको हो।
यस क्रममा खड्काले इडब्लुभिएलको दौरान हुने सम्पूर्ण गतिविधिदेखि खेलाडी अक्सनरको रुपमा समेत काम गर्नेछिन्। उनी नेपाली भलिबलमा पहिलो महिला अक्सनरको रुपमा समेत रहने बताइएको छ।
नेपालको मात्र नभएर एसियाकै पहिलो महिला फ्रेन्चाइज लिगको रुपमा रहेको इडब्लुभिएलको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुँदैछ।
त्यसको लागि खेलाडी अक्सन साउन २ गते काठमाडौंमा हुनेछ । नेपाली मनोरञ्जत जगतमा कलाकार, मोडल, कार्यक्रम प्रस्तोता, टिभी होस्टको रुपमा छुट्टै छाप बनाइसकेकी खड्काको आबद्धताले इडब्लुभिएलको प्रवर्दधनमा टेवा पुग्ने हाम्रो आयोजकले विश्वास लिएको छ ।

खड्का सन् मिस नेपाल इन्टरनेसनल २०१२ र वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१७ समेत हुन् ।
‘शुभेच्छा खड्कालाई इडब्लुभिएलको अफिसियल प्रिजेन्टरको रुपमा राख्न पाउँदा हामी खुशी छौँ। यो महिला शसक्तिकरणका लागि आयोजना गरिएको लिग हो र यसमा उहाँ जोडिदा यसले अझ धेरै उचाई लिने विश्वास छ ।’
इडब्लुभिएलको दोस्रो संस्करणमा साविक विजेता कर्णाली यशविससहित काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, मधेश युनाइटेड र पोखरा निन्जाले प्रतिस्पर्धा गर्नेछन् ।
इडब्लुभिएलसँग जोडिएपनि कलाकार खड्काले आफू एकदमै उत्सहित रहेको बताएकी छन् । ‘ भलिबल ॐ हाम्रो राष्ट्रिय खेल। वात्सल्य एभरेष्ट महिला भलिबल लिगको अफिसियल प्रिजेन्टर हुन पाउँदा म एकदमै धेरै उत्साहित छु,’ खड्काले भनिन्, ‘यस सिजन म साइडलाइन मात्र नभएर अक्सन देखि लकरुम सेलेब्रेसनसम्म एक्सक्लुसिभ जानकारी लिएर आउनेछु ।’
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]