default_image

5 months ago

July 16, 2025

इडब्लुभिएलमा गण्डकी सट्टा पोखरा निन्जाज

746 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-  वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा दोस्रो संंस्करणका लागि गण्डकी थन्डर्सको सट्टा पोखरा निन्जाज प्रवेश गरेको छ।

पहिलो  संस्करणमा पनि ६ टोली सहभागी थिए । पोखरा निन्जाज भीसर्भ समूहको स्वामित्वमा रहेको टोली बताइएको छ ।

पोखरा निन्जाज गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै लिगमा सहभागी हुने टोलीले जनाएको छ। भलिबलका लागि गण्डकी प्रदेश उर्वर मानिन्छ।

पोखरा निन्जाजले मार्की खेलाडी, प्रशिक्षक र गुडविल एम्बासडरबारे जानकारी सार्वजनिक गर्ने जनाएको छ ।

इडब्लुभिएलकी सिइओ स्नेभी चापागाईले सातौं टोलीका रुपमा पोखरा निन्जाज आबद्ध भएको बताएकी छिन्।

दोस्रो संस्करणको अक्सन शुक्रवार हुँदैछ। इडब्लुभिएल भदौंमा आयोजना हुने यसअघि नै सार्वजनिक भइसकेको छ।

  • इडब्लुभिएलमा ६ टोलीकै सहभागिता हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ।-सम्पादक

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.