default_image

4 months ago

August 4, 2025

पलेशा र विजयलाई हाम्रो खेलकुद वर्ष खेलाडी अवार्ड

1158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पलेशा गोवर्धन श्रेष्ठ र विजय सिन्जालीले हाम्रो खेलकुदको वर्षको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । हाम्रो खेलकुदले दशौं वार्षिकोत्सवको अवसरमा आयोजना भएको अवार्ड समारोहमा पलेशा र विजय उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

स्थापनाको दश वर्ष पूरा भएको अवसरमा हाम्रो खेलकुदले वर्ष खेलाडी अवार्ड तथा हाम्रो खेलकुद कन्क्लेभ आयोजना गरेको थियो । कन्क्लेभमा पहिलो सेसनमा ‘नेपाली खेलकुदमा महिला सहभागिता : लगानी, अवसर र सफलता’ शीर्षकमा हाम्रो खेलकुदकी वरिष्ठ संवाददाता सरिता श्रेष्ठले सेसन मोडरेट गरेकी थिइन् । उक्त सेसनमा तेक्वान्दोकी आयशा शाक्य, राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’, राष्ट्रिय भलिबल टोलीकी लिबेरो सलिना श्रेष्ठ र करातेकी पदकधारी खेलाडी एरिका गुरुङले आ-आफ्नो धारणा राखेका थिए ।

दोस्रो सेसन हाम्रो खेलकुदको सम्पादक प्रकाश तिमल्सिनाले ‘नेपाली खेलकुदमा यवुा नेतृत्वको आवश्यकता, सम्भाव्यता र चुनौती’ शीर्षकमा मोडरेट गरे । उक्त सेसनमा पूर्व युवा तथा खेलकुद मन्त्री माननीय विराजभक्त श्रेष्ठ, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा र एफसी चितवनका अध्यक्ष सचिन ढकालले आ-आफ्नो अभिव्यक्ति दिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सूर्य थपलियाले नेपालमा खेलकुद पर्यटनको सम्भावना र अबको बाटो बारेमा प्रस्तुति दिएका थिए । प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले हाम्रो खेलकुदले नेपाली खेलकुदमा गरेको योगदानको चर्चा गर्दै आगामी यात्राका लागि शुभकामना पनि दिए । हाम्रो खेलकुद संचालन गर्दै आएको सुदिप मिडिया एण्ड इभेन्ट्स प्रालिका अध्यक्ष सुबास हुमागाईंले स्वागत मन्तव्य पनि दिएका थिए ।

पुरुषतर्फको अवार्ड विजय सिन्जालीलाई कार्यक्रमका पूर्व युवा तथा खेलकुद मन्त्री माननीय विराजभक्त श्रेष्ठले अवार्ड वितरण गरे । उनले २५ हजार रुपैयाँ पनि प्राप्त गरिन् ।

पेरिस पारालिम्पिकमा कास्य पदक विजेता पारा तेक्वान्दोकी पलेशा गोवर्धनलाई प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले प्रदान गरे । तेस्रो थाउलो विश्वकपमा कास्य पदक विजेता उनले २५ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि विशेष सम्मान गरिएको थियो ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

Success

Thank you for your time.