4 months ago
August 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) ले दोस्रो संस्करणको लागि टिक टकलाई आधिकारिक एंटरटेनमेन्ट पार्टनरको रुपमा घोषणा गरेको छ।
इडब्लुभिएल भदौ २० देखि २८ गतेसम्म पोखरा हुनेछ।
टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन लिड उमैस नविदले इडब्लुभिएलसँग सहकार्य गर्न पाउँदा टिकटक निकै उत्साहित रहेको बताएका छन् ।
‘हामी यसलाई नेपाली राष्ट्रिय खेललाई उत्सवको रुपमा मनाउन, महिला सशक्तिकरणमा टेवा पुर्याउन र नेपाली भलिबललाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने अवसरको रुपमा हेरीरहेका छौं,’ नविदले भने,’ इडब्लुभिएल एक साहसी आयोजन हो, जसले अन्तर्राष्ट्रिय पहिचानको हकदार छ। हामी यसलाई सफल बनाउन सहयोग गर्न आएका हौं।’
इडब्लुभिएलकी सिइओ स्नेभी चापागाईंले भनिन्, ‘यो एक गेम चेन्जर साझेदारी हो। टिकटकसँगको सहकार्यले हाम्रो प्रभाव अझ फैलिनेछ। हामी नेपाली महिला खेलको कथा यस्तो रूपमा संसारलाई सुनाउँदैछौं, जुन अहिलेसम्म कहिल्यै देखिएको थिएन।’
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]