default_image

3 months ago

September 5, 2025

साविक विजेता कर्णालीको विजयी सुरुवात

455 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता कर्णाली यश्विजले एभरेष्ट भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ।

पोखराको कभर्ड हलमा आज भएको उद्घाटन खेलमा कर्णालीले पोखरा निन्जाजलाई ३-० ले सोझो सेटमा पराजित गर्यो।

पहिलो सेट प्रतिस्पर्धात्मक बन्यो। कर्णालीलाई पनि सेट हुन समय लाग्यो। जहाँ २५-२१ ले पहिलो सेट जित्दै १-० को अग्रता बनायो ।

दोस्रो सेटमा खेलमा फर्कने दबाबमा रहेको पोखरा खरलमा जम्न सकेन । उसका दुई विदेशी खेलाडीको प्रदर्शन पनि उत्साहजनक रहन सकेन ।

खेलमा पछि परिरहँदा मार्की खेलाडी प्रगति नाथ घाइते हुँदा पोखरा थप दबाबमा आयो। यो सेट सहजै कर्णालीले २५-२० ले जित्दै कर्णालीले अग्रता २-० को बनायो।

तेस्रो सेटमा पोखरा झनै निरिह बन्यो। प्रगति कोर्टमा फर्किन्। तर पनि पोखरा खेलमा फर्कन सकेन । सहजै कर्णालीले २५-१४ ले तेस्रो सेट आफ्नो पक्षमा पार्यो। यो सँगै सोझो सेटको जितमा कर्णालीले ३ अंक सहित सानदार सुरुवात गरेको छ।

आज दोस्रो खेलमा मधेश युनाइटेड र साविक उपविजेता ललितपुर क्विन्सबीच हुनेछ। यो पटक ६ टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। त्यसअघि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लिगको उद्घाटन गरेका थिए।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

Success

Thank you for your time.