3 months ago
September 5, 2025
पोखरा (हाम्रो खेलकुद)- ललितपुरले क्विन्सले एभरेष्ट भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणमा उत्कृष्ट सुरुवात गरेको छ।
आज भएको खेलमा साविक विजेता ललितपुरले मधेश युनाइटेडलाई ३-० ले सोझो सेटमा हरायो। पोखराको कभर्ड हलमा भएको खेलमा मधेश विरुद्ध ललितपुरले सहज जित निकाल्ने क्रममा खेलमा पकड बनायो।
पहिलो सेट २५-१७ ले जित्यो। १-० ले पछि परेको मधेशले दोस्रो सेटमा पनि फितलो प्रदर्शन गर्यो। सहजै २५-१३ ले खेल आफ्नो पक्षमा पार्दै ललितपुरले २-० को अग्रता बनायो।
तेस्रो सेट जित्नैपर्ने दबाबमा रहेको मधेश खेलमा फर्कने प्रयासमा थियो। तर उसको विदेशी खेलाडीले सोचे अनुरुप प्रदर्शन गर्न सकेनन्। २५-१९ ले मधेशले तेस्रो सेट आफ्नो पक्षमा पार्दै सोझो सेटको जित निकाल्न सफल रहयो।
ललितपुरले थाइल्याण्डका खेलाडी सहित टिमलाई बलियो बनाएको छ। जितमा ललितपुरले ३ अंक सहित लिगको सुरुवात गरेको छ। ललितपुरल भोलि काठमाडौंसँग खेल्नेछ।
आजै भएको पहिलो खेलमा साविक विजेता कर्णाली यश्विजले विजयी सुरुवात गर्ने क्रममा पोखरा निन्जाजलाई ३-० ले सोझो सेटमा हरायो।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]