default_image

9 years ago

May 30, 2017

१९ पदक सहित नेपाली तेक्वान्दो टोली स्वदेश फर्कियो

210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी भुटानमा सम्पन्न भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपबाट १९ पदकसहित फर्केका छन् । नेपाली खेलाडीले फाइटतर्फ ४ स्वर्ण,३ रजत र एक कास्य तथा पुम्सेमा ४ स्वर्ण,३ रजत र ४ कास्य पदकसहित सहित कुल १९ पदक जितेका थिए ।

फाइटतर्फ संगीता बस्यालले ६८ केजीमा स्वर्ण पदक जितिन् । त्यस्तै सुमित्रा खत्रीले ७६ केजीमा, पुष्प प्रसाद गौतमले ४५ केजी र सुदिप नेपालीले २८ केजीमा स्वर्ण पदक जिते । विवेक श्रेष्ठले ३१ केजीमा,अस्मिता खड्काले ५२ केजीमा र प्रतिज्ञा राजभण्डारीले ७२ केजीमा रजत पदक प्राप्त गरे । एक मात्र कास्य पदक निराजन चौधरीले ४५ केजीमा जितेका हुन् ।

तेक्वान्दोका सिनियर प्रशिक्षक समेत रहेका विजय शाह ठकुरीले ५० बर्ष मुनीको पुम्सेमा कास्य पदक जिते । ४० बर्ष माथिको टिम पुम्सेमा विजय शाहले अशोक खड्का र सरोज गुरुङसँग मिलेर कास्य पदक जिते । पुम्सेमै रेजिन रिमालले ३९ बर्ष मुनी स्वर्ण दिलाए ।

पुम्सेको २९ बर्षमुनीको पुरुषमा सञ्जिव ओझाले रजत र महिलामा नमिका मोक्तानले रजत तथा ३९ वर्षमुनि राजकुमार माझीले कास्य पदक जिते । पुम्सेतर्फ नै २९ बर्षमुनीको निता गुरुङले स्वर्ण पदक जितिन् । यसै उमेर समुहको युगलमा अस्मिता खड्का र सञ्जिव ओझाले स्वर्ण जिते ।

अस्मिता र निताले नमिता गुरुङले पुम्सेको टिममा स्वर्ण जिते । २९वर्षमुनिको पुरुष टिममा सञ्जिव ओझा, रेजिन रिमाल र प्रदिप आलेको टोलीले कास्य पदक जित्यो । १९ बर्ष मुनिको युगलमा नमिता मोक्तान र प्रदिप आलेले कास्य पदक जितेको राष्ट्रिय टोलीका ब्यवस्थापक हेमन्त डाँगीले जानकारी गराए ।

तेक्वान्दो मुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङ टोली नेता, सुमनकुमार खड्का व्यवस्थापक, हेमन्त डाँगी ग्योरोगी प्रशिक्षक, प्रेमबहादुर भण्डारी पुम्से प्रशिक्षक, राजिव महर्जन ट्रेनर, नोर्बु लामा अन्तराष्ट्रिय रेफ्री र सरोज बाँस्कोटा रेफ्रीका रूपमा सहभागी भुटानमा सहभागी भएका थिए ।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

Success

Thank you for your time.