9 years ago
June 4, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गतको अन्तिम इभेन्ट, सुर्य नेपाल गल्फ च्याम्पियनसिप सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ।

७२ होलमा खेलिने इभेन्ट सोमबार देखि बिहिबारसम्म चल्नेछ। दुई चरणको खेलपछि शीर्ष २४ व्यावसायिक र शीर्ष ६ एमेच्योर गल्फरहरु मात्र अर्को चरणमा प्रवेश गर्नेछन्। शुक्रबार आयोजना हुने प्रो-एम इभेन्टमा भने २५ व्यावसायिक र ७५ एमेच्योर क्लब गल्फरहरुले प्रतिस्पर्धात्मक एवं मनोरन्जनात्मक इभेन्टमा सहभागिता जनाउनेछन्।
कुल ३६ जना गल्फरहरु सहभागी हुने प्रतियोगिताको नगद पुरस्कार १२ लाख रुपैयाँ रहेको छ। प्रतियोगिताको विजेताले २ लाख २० हजार रुपैयाँ पाउनेछन् भने उपविजेता र तेश्रो स्थानका खेलाडीले क्रमश १ लाख ३४ हजार र ९० हजार रुपैयाँ हात पार्नेछन्। चौथो स्थानका खेलाडीले ७४ हजार जित्दा पाँचौ स्थानको खेलाडीले ६५ हजार रुपैयाँ आफ्नो पोल्टामा पार्नेछन्। शीर्ष २४मा अटाउने खेलाडीहरुले नगद पुरस्कार पाउने व्यवस्था गरिएको छ।
नेपालक शीर्ष वरियताका गल्फर शिवराम श्रेष्ठ सँगै भुवन नगरकोटी, संजय लाम र रबि खड्का प्रतियोगिताका दावेदारका रुपमा रहेका छन्। यसैगरी एमेच्योर तर्फको उपाधिका लागि भने शुक्र बहादुर राई, टंक बहादुर कार्की, तेन्जिङ छिरिङ, शिव कुमार माझि र टाशी घलेको प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका सहभागी खेलाडीहरुले आइतबार प्रशिक्षण गरेका थिए। कोर्स एकदम राम्रो स्थितिमा रहेकाले खेलमा कम स्कोर आउने अपेक्षा गरिएको छ।
नेपाल व्यवसायिक गल्फर्स संघका अध्यक्ष रबिन्द्र मान श्रेष्ठले प्रतियोगिता आयोजनामा सहयोग गरेकोमा सुर्य नेपाल प्रा.लि.लाइ विशेष धन्यवाद दिएका छन्।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]