8 years ago
June 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले विद्यालय क्षेत्रबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय बक्सिङ सुरु गरेको छ । आइतबार ललितपुरस्थीत झम्सीखेलमा एक कार्यक्रमको आयोजना गर्दै संघले विभिन्न विद्यालयसँग अन्तरक्रिया गरेको छ । संघको बक्सिङ इन स्कुल अन्र्तगत १० देखि १६ वर्षसम्मका बालबालिकामा बक्सिङ खेल सुरु गरिने भएको छ । संघले पहिलो चरणमा कुल १७ विद्यालयमा बक्सिङ खेल सुरु गर्ने जनाएको छ । त्यसका लागि संघले प्राविधिक सहयोगको रुपमा प्रशिक्षक उपलब्ध गराउनेछ ।

यसअघि कुल ४६ विद्यालयमा गरिएको अन्र्तक्रियाबाट १७ विद्यालयले बक्सिङ खेल सुरु गर्नका लागि समय सहित प्रतिबद्धता जनाएका छन् । जसअन्र्तगत नाइटेंगल स्कुलले २५ जुन,जेम्सले २४ जुन,नेशनल युनाईटेड स्कुलले २९ जुन,युनाईटेड स्कुल सातदोबाटोले २६ जुन,आदर्श कन्या निकेतनले ९ जुलाई,क्याम्ब्रीज पब्लिक स्कुलले २७ जुन,सैनिक आवासिय महाविद्यालयले २५ जुन,एभेरेस्ट स्कुल भक्तपुरले १ जुलाई,एडभान्स एकेडेमीले २७ जुन,भिएस निकेतनले २७ जुन,श्रीकुल स्कुलले २६ जुन र हरिसिद्धि स्कुलले ६ जुलाईमा ट्यालेन्ट हन्ट गर्ने प्रतिबद्धता जनाएका छन् । दुई स्क्ल युलीयन्स र प्रीमियर इन्टरनेशनल आइबी स्कुलले पनि समय पछि निर्धारण गर्नेछ ।
त्यस्तै बक्सिङको अन्तर्राष्ट्रिय निकाय एएसबीसीको सहयोगमा नेपाल आएका काजकिस्तानी प्रशिक्षक मुख्तर बर्डिम्बेतोभले बिद्यालय टुयालेन्ट हन्टको रुपमा निरिक्षण गर्नेछन् । केही विद्यालयमा विदेशी प्रशिक्षकले प्रशिक्षण समेत गर्ने संघका अध्यक्ष राम अवाले बताए । प्रतिभाको खोजी पश्चात तीनै खेलाडीलाई सम्मेलित गराइ पोखरामा तीन महिना पछि जुनियर स्तरको प्रतियोगिता गराउने संघका अध्यक्ष राम अवालले बताए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य एवम् बक्सिङ संघका उपाध्यक्ष अर्जुन बहादुर केसी,संघका मानार्थ आजिवन अध्यक्ष विष्णु गोपाल श्रेष्ठ र नेपाली बक्सिङका भिस्मपीतामाको रुपमा चिनिएका सुरेश सिंह आले लगायतको उपस्थीती रहेको थियो । सो अवसरमा विदेशी प्रशिक्षक मुख्तरले देशका लागि उत्कृष्ट खेलाडी उत्पादनका लागि सानै उमेरदेखि बक्सिङ खेल्नु आवश्यक रहेको कुरा औल्याए । उनले भने नेपालमा प्रतिभा छन् त्यसका लागि सानै उमेरमा रिङमा उत्रिएको खण्डमा नेपालले ऐतीहासिक सफलता हात पार्न सक्छ ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]