8 years ago
July 16, 2017
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण कोरियाको मुजु शहरमा भएको ११औँ वल्र्ड कल्चरल एक्स्पोमा नेपालका दुई खेलाडीले स्वर्ण पदक जितेका छन् । नेपाली तेक्वान्दो खेलाडी प्रतिज्ञा भण्डारी र संगिता बस्यालले स्वर्ण पदक जितेका हुन् ।
कोरियाको मुजु शहरमा भएको च्याम्पियनसिपको फाइटतर्फ राष्ट्रिय खेलाडीद्वय प्रतिज्ञाले ७६ केजी तौल समुह र संगिताले ६३ केजीमा स्वर्ण पदक जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।
आइतबार भएको फाइटतर्फ ६७ केजी तौलसमुहको फाइनलमा प्रतिज्ञाले अमेरिकाकी खेलाडी हराएकी थिइन् । त्यसअघि सेमिफाइनलमा प्रतिज्ञाले फिलिपिन्सकी खेलाडीलाई हराइन् । ६३ केजीमा संगिताले फाइनलमा अमेरिकी खेलाडीलाई हराइएकी थिइन् । त्यसअघि उनले सेमीफाइनलमा थाइल्यान्डकी खेलाडी पराजित गरेकी थिइन् ।
त्यस्तै पुम्सेको भेट्रानतर्फ ४४ वर्षमाथीको ५ डानसम्म नेपालका कोशिस खड्काले स्वर्ण र रोशन खानले रजत पदक हात पारे । कोशिस फाइनलमा इजिप्टका खेलाडीसँग पराजित भएपनि इजिप्टका खेलाडीलाई प्रोटेस्ट लागेपछि आयोजकले कोशिसलाई स्वर्ण पदक जिते निर्णय गरेका थिए ।
सेमिफाइनलमा कोशिससँगै पराजित भएका नेपालका रोशनलाई पनि आयोजकले रजत पदक प्रदान ग¥यो । ४४ वर्षमाथीकै ६ डानको पुम्सेमा नोर्बु लामाले रजत पदक जिते । लामा फाइनलमा इजिप्टका खेलाडीसँग पराजित भएका थिए । ४४ केजीमुनिको तेस्रो डान पुम्सेमा नेपालकै गोपाल श्रेष्ठले रजत पदक जिते । उनी फाइनलमा अमेरिकाका खेलाडीसँग पराजित भएका थिए ।
प्रतियोगिता १८ जुलाईसम्म मुजुमा हुनेछ ।केही खेलाडीले जुलाई २८ देखि १ अगस्टसम्म सिओलमा हुने विश्व तेक्वान्दो हान्मादाङ च्याम्पियनसिपमा समेत खेल्ने राखेपले जनाएको छ ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]