default_image

7 years ago

July 21, 2017

‘बुबाको करले तेक्वान्दोमा लागें’ – ओलम्पियन निशासँग १२-२७ कुरा

काठमाडौँ (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) नेपाली खेलाडीले पदक जित्ने सबैभन्दा बलियो सम्भवना भएको क्षेत्रिय खेल मेला हो । तर, दुर्भाग्य नेपालीकी राम्रो सम्भावना भएकी खेलाडीका रुपमा चिनिने निशा रावलले भने भारतको डेढ बर्षअघि भएको १२ औं सागमा भाग लिन पाइनन् । उनको वजन समूहको इभेन्ट नभएका कारण  खेल्न पाइनन् । यद्दपी साग खेल्ने […]

53 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) नेपाली खेलाडीले पदक जित्ने सबैभन्दा बलियो सम्भवना भएको क्षेत्रिय खेल मेला हो । तर, दुर्भाग्य नेपालीकी राम्रो सम्भावना भएकी खेलाडीका रुपमा चिनिने निशा रावलले भने भारतको डेढ बर्षअघि भएको १२ औं सागमा भाग लिन पाइनन् । उनको वजन समूहको इभेन्ट नभएका कारण  खेल्न पाइनन् । यद्दपी साग खेल्ने उनको सपना पुरा नभएपनि त्यो भन्दा ठूलो खेल मेला एसियाली खेलकुद र ओलम्पिकमा पनि उनले भाग लिइसकेकी छन् । एक बर्षअघि रियो ओलम्पिकमा ७ खेलाडीले भाग लिदा निशा पनि त्यसमा थिइन् । ललितपुर इमाडोलकी २२ वर्षे निशा धेरैको सपना रहेको ओलम्पिक खेल्नुलाई आफ्नो खेल जीवनको सबैभन्दा महत्वपूर्ण क्षण भएको बताउँछिन् ।

घरेलु प्रतियोगिताहरुमा नियमित राम्रो प्रदर्शन गर्दै आएकी उनै निशासँग हाम्रो खेलकुद डट कमका दिपेश तिमलसिनाले गरेको १२–२७ कुरा गरेका छन्।

१. कहिलेबाट खेल्न सुरु गर्नु भयो?
– सानै देखि खेल्न थाले, म त्यति बेला नेपाल पुलिस स्कुलमा कक्षा ४ मा पढ्थे।

२. पहिलोपटक मेडल जित्दा कस्तो महसुस भयो?
– मैले खेल्न सुरु गरेको चार महिनामै प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको थिए। महिला खेलाडी निकै कम भएको भएर सहभागीता जनाउन परेको थियो। पहिलो पल्ट मेडल जित्दा निकै रमाइलो लाग्यो।

३. तेक्वान्दोमा कसरी लाग्नु भयो?
– मैले बुबाको करले गर्दा तेक्वान्दो खेल्न सुरु गरेको थिएँ।

४. कुन फोन चलाउनु हुन्छ र फोन किन्दाको मूल्य?
– सामसुंग एस ७ एज, मूल्य ७८ हजार।

५. कुन स्कुटर चढ्नु हुन्छ र मूल्य?
– एभीएटर, मूल्य १ लाख ८३ हजार रुपैयाँ।

६. बार्षिक कति कमाउनु हुन्छ?
– बार्षिक डेढ-दुई लाख।

७. खेलाडी नबनेको भए के गर्नु हुन्थ्यो होला?
– म बुवाकै व्यवसायमा लाग्थे होला।

८. शैक्षिक योग्यता कति छ?
– बिबिएस तेस्रो बर्षमा अध्यनरत।

९. कस्तो फिल्म हेर्नुहुन्छ र पछिल्लो पल्ट हेरेको फिल्म?
– लभ मुभी धेरै हेर्छु। पछिल्लो पटक हेरेको एनिमेटेड मुभी बोस बेबी।

१०. सबै भन्दा मन पर्ने नायक र नायिका?
– सलमान खान र सोनाक्षी सिन्हा।

११. सबैभन्दा मन पर्ने गायक र गायिका?
– काली प्रसाद बास्कोटा, गायिकामा ठ्याक्क यही भन्ने छैन।

१२. सबैभन्दा धेरै पल्ट सुनेको गीत?
– डेसपासिटो।

१३. सिंगल हुनुहुन्छ?
– प्रेम सम्बन्धमा छु, घरमा पनि खबर गरिसके।

१४. किताब कतिको पढ्नु हुन्छ र पछिल्लो पल्ट पढेको किताब ?
– एकदम कम, कोर्सको किताब पढ्ने फुर्सद मिलाउननै कठिन छ। पछिल्लोपटक पढेको नारायण वाग्लेको पल्पसा क्याफे।

१५. अहिलेसम्म कति देश घुम्नु भयो र सबैभन्दा मन परेको देश?
– ७ ओटा देश पुगेको छु। सबैभन्दा मन परेको देश दक्षिण कोरिया। चार पटक पुगेको छु।

१६. नेपालमा सबैभन्दा मनपर्ने ठाउँ?
– मनाङ-मुस्ताङ।

१७. सबैभन्दा मनपर्ने खानेकुरा?
– नेपाली खाना

१८. खाना बनाउनु हुन्छरु आफैले पकाको सबैभन्दा मिठो के लाग्छ?
– पकाउँछु। म मासु बबाल पकाउँछु। घरमा सबैलाई मनपर्छ।

१९. सामाजिक सञ्जाल कतिको चलाउनु हुन्छ र प्रेम प्रस्ताव कतिको आउछ?
– फेसबुक खोलिरहेको हुन्छु, यसो अलिकति समय मिल्दा खोलीहाल्छु। प्रेम प्रस्ताव ठिकै आउँछ, ओलम्पिकको दौरान धेरै आउँथ्यो। प्रस्ताब गर्नेहरुलाई ब्याईफ्रेण्ड छ भन्छु र कसैलाई चाहिँ पहिले देखेको थिएनौ र अहिले प्रस्ताव गरेको भनेर टारदिन्छु।

२०. पहिलो कमाई के गर्नु भयो?
– ममीलाई दिएँ। मैले छैटौं राष्ट्रिय खेल खेल्दा पहिलो पटक कमाएको थिएँ।

२१. खेल जीवनमा सबैभन्दा खुसी भएको क्षण?
– ओलम्पिक खेल्दा, छैटौं राष्ट्रिय खेल खेल्दा मलाई पहिलोपटक ओलम्पिक हुन्छ भन्ने थाहा भयो। म त्यहाँ पुग्दा निकै नर्भस थिए र सँगै गरेर देखाउन भन्ने जोश पनि थियो। सिनियर खेलाडीहरु हुँदाहुँदै वाइल्डकार्ड मार्फत यो मौका पाउँदा म निकै खुसी भएको थिए।

२२. फुर्सदको समयमा के गर्नु हुन्छ?
– साथीहरुसंग समय बिताउछु।

२३. आफुले चाहेर पनि गर्न नसकेको काम?
– दक्षिण एसियाली खेलकुदमा चाहेर पनि आफ्नो वजन समूह नहुँदा खेल्न पाईन।

२४. राष्ट्रिय टोलीमा सबैभन्दा मिल्ने साथि?
– रेजिना कार्की र हामी अरु चार जनाको एकदमै मिल्ने समूह छ। हामी सबै जना निकै मिल्छौ।

२५. सबैभन्दा मनपर्ने अन्तर्राष्ट्रिय खेलाडी?
– दिपक बिष्ट

२६. नेपाली तेक्वान्दोको स्तर के गरेर बढ्ला?
– हामीले धेरै प्रतियोगितामाहरुमा सहभागिता जनाउन पाउनु पर्छ। धेरै प्रतियोगिता खेल्दा स्तरोन्नोति हुन्छ र त्यसले ठुला प्रतियोगिताहरुमा खेल्दा निकै सघाउ पुर्याउने गर्छ।

२७. आफ्ना शुभेच्छुकहरुलाई के भन्न चाहनुहुन्छ?
– म ओलम्पिकमा जाँदा धेरै सिनियरले चित्त दुखाउनु भएको होला म उहाँहरुलाई म सधैं आफ्नो बेस्ट दिन्छु र मलाई हौसला दिनुहोस् भन्न चाहन्छु। मलाई समर्थन गर्नेहरुलाई धन्याबाद भन्छु। नराम्रो भन्नेहरुका कारण इखले पनि राम्रो गर्न हौसला मिल्दो रहेछ।

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 26, 2024

एपिएफ र न्यु डायमण्ड खेल्दै

काठमाडौं (हाम्रो खेलकुद )- केएनपी नेरोलेक सातौ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो दिन शुक्रबार लिग चरणका अन्तिम दुई हुँदैछन्। नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच पहिलो खेल दिउँसो १ः०० बजे सुरु हुनेछ। साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र एपिएफबीच ३:०० बजे खेल हुनेछ। पुलिसले बिहीबार न्यु डायमण्डलाई हराएपछि प्रतियोगिता रोचक बनेको […]

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

Success

Thank you for your time.