default_image

10 years ago

November 17, 2015

राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनशिप हुने

237 views

0 Bookmark

काठमाडौं,१ मंसिर। प्रथम शेरवहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनशिप हुने भएको छ ।

बालकोट स्थित शेरवहादुर खड्का स्मृति प्रतिष्ठानद्धारा आयोजित प्रतियोगिता मंसिर १५ देखि १७ सम्म संचालन हुने प्रतिष्ठानकी उपाध्यक्ष सीता खड्काले प्रेस बिज्ञाप्ति मार्फत जानकारी गराईन् । नेपाल भलिबल संघको प्राबिधिक सहयोगमा संचालन हुने प्रतियोगितामा नेपालका चर्चित ६ क्लबको सहभागिता रहने छ । ललितपुरको जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिताले आगमी भारतमा हुने साग खेलका लागि सहयोग पुग्ने प्रतिष्ठानकी उपाध्यक्ष खड्काले बताईन् ।

जेष्ठ नागरिक सम्मान,पशुपति आर्यघार्ट स्वास्थ्य केन्द्रका लागि १ थान शया प्रदान गरेर सामाजिक कार्य शुरु गरेको प्रतिष्ठानले बिगत एक बर्ष देखि खेललाई मुख्य कार्यक्षेत्र बनाउने निर्णय गरेका प्रेस बिज्ञप्तिमा उल्लेख छ । प्रतिष्ठानले बिभिन्न प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई नगद पुरस्कार प्रदान,न्युडायमण्ड एकेडेमीको महिला भलिबल टिमलाई खेल पोशाक प्रदान गदै आएको छ । त्यस्तै यसै बर्ष बिजया दशमीको उपलक्ष्यमा बालकोटमा खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको थियो ।

राष्ट्रिय महिला भलिबल खेलाडी कृपा अधिकारीले गतबर्षको प्रबेशिका परीक्षामा ८९.२५ प्रतिशत नतिजा ल्याएकोमा खेलको साथै पढाईमा पनि अब्बल भएकोमा नगद १५ हजार र ताम्रपत्रले सम्मान गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.