8 years ago
November 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता शनिबार हुने भएको छ । बाह्रखरी मिडिया प्रालिले आइतबार एक पत्रकार सम्मेलन गर्दै मंसिर २ गते गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगितामा कर्पोरेट क्षेत्रका ९० देखि सय गल्फरको सहभागिता रहने प्रतियोगिता संयोजक दीपक आचार्यले जानकारी दिए ।
गोकर्ण गल्फ क्लबका सिनियर डिरेक्टर समेत रहेका आचार्यले ९० खेलाडीले नाम दर्ता गराइसकेको बताए । प्रतियोगिता १८ होलमा ३४ हेन्डीक्याम्प स्टेबलफोर्ड फम्र्याटमा हुने छ । प्रतियोगितामा होल इन वन गर्ने खेलाडीले टाटा कम्पनीको जेष्ट गाडी पुरस्कार प्राप्त गर्ने बताइएको छ । त्यस्तै विजेताहरुले ट्रफी तथा गिफ्ट हाम्पर प्राप्त गर्नेछन् ।
प्रतियोगितामा बेष्ट ग्रस, लंगेष्ट डाइभ, क्लोजेस्ट टु द पिन तथा मोस्ट बर्डिज समेत पुरस्कृत हुने छन् । एनआईसी एसिया बैंकको मुख्य प्रायोजकमा हुने प्रतियोगिता आगामी बर्षपनि हुने बाह्रखरी मिडिया प्रालिका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले बताए । प्रतियोगिताको प्रिमियम प्रायोजक टाटा मोटर्स रहेको छ ।
गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले गल्फ गल्फको माध्यमबाट नेपालमा पर्यटक भित्राउन सके देशलाई फाइदा हुने बताए । उनले भने,‘नेपाल यस्तो देश हो जहाँ १२ महिना नै गल्फ खेल्न सकिन्छ । ’नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष महेश आचार्यले नेपाली मिडियाले गल्फलाई स्थान दिने गरेको उल्लेख गर्दै नीजि क्षेत्रले खेलकुदमा लगानी गर्दा खेलकुद बिकासमा टेवा पुग्ने बताए ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]