default_image

8 years ago

December 1, 2017

अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गतको सातौं चरण खेल्न युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा हार बेहोरेको छ ।  शुक्रबार दुबईमा भएको पहिलो अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको ९० रनको झिनो लक्ष्य अमेरिकाले २२.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । अमेरिकाको जितमा ओपनर सइद अब्दुल्लाहले ४४ रन बनाए । रोए सिल्भाले नटआउट २५ तथा तमिल पटेलले नटआउट ७ रन जोडे ।

ओपनिङ ब्याट्सम्यान सागर पटेल ३ रनमा सोमपाल कामीको एलबिडब्लूको धरापमा परेका थिए । इब्राहिम खालिल र रुनाल पटेल ४–४ रनमै पेभेलियन फर्के । बलिङतर्फ नेपालका सोमपाल कामी र सागर पुनले २–२ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कमजोर ब्याटिङ गरेको थियो । नेपाल ३६.१ ओभरमा ८९ रनमै अलआउट हुन पुगेको थियो । नेपालका लागि बसन्त रेग्मीले सर्वाधिक २१ रन जोडे । दिलीप नाथले १६ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले १२ तथा कुशल भुर्तेलले १० रन बटुले । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

शरद भेषावकरको कप्तानीमा उत्रिएको नेपालले युवा खेलाडीलाई मौका दिएको थियो । दिलिपसँगै अनिलकुमार साह र कुशलले पहिलो रोजाइमा खेलेपछि ब्याटिङमा जम्म सकेनन् । कप्तान शरदसँगै अनिल शून्य रनमा आउट भएका थिए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा अमेरिकाका जापेन पटेलले ४ विकेट लिए । रोए सिल्भा र नोस्तुस केन्जीले २–२ विकेट हात पारे । अब नेपालले दोस्रो अभ्यास खेलमा आइतबार केन्यासँग प्रतिस्पर्धा गर्नेछ ।

डिभिजन–३ मा रहेको अमेरिकाको हालका प्रशिक्षक पुबुदु दासानायके हुन् । उनी नेपालका पूर्व प्रशिक्षक हुन् । डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीच मंसिर २० र २२ गते प्रतिस्पर्धा हुनेछ । खेल आबुधावीको शेख जायेद रंगशालामा हुनेछ । नेपालले युएईविरुद्धको खेललाई डिभिजन–२ को तयारीका रुपमा लिएको छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.