8 years ago
January 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन निशा रावलले राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको महिला ७३ केजीमाथि बिहीबार स्वर्ण जितेकी छन् ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा भएको फाइनलमा नेपाल आर्मीकी निशाले फाइनलमा मध्यमाञ्चलकी सुष्मा गुरुङलाई पराजित गर्दै स्वर्ण हात पारिन् । महिला ७३ केजीमुनि एपीएफकी अप्सरा कार्की तथा ६७ केजीमुनि नेपाल प्रहरीकी सीता तामाङले पहिलो स्थान हात पारे । फाइनलमा अप्सराले प्रहरीकी सुमित्रा केसी तथा सीताले आर्मीकी रेश्मा थापालाई हराए ।
पुरुष ८७ केजीमाथि प्रहरीका अनोज पुजारी पहिलो भए । फाइनलमा उनले आर्मीका मोहम्मद वेशको चुनौती समाप्त पारे । ८७ केजीमुनि मध्यमाञ्चलका भुपेन पुनले फाइनलमा प्रहरीका दुर्गा थापालाई पाखा लगाउदै शीर्ष स्थान हात पारे । ८० केजीमुनि प्रहरीका जेम्स प्रधानले स्वर्ण जिते । उनले फाइनलमा आर्मीका उज्ज्वल गुरागाईंलाई पन्छाए ।
पुम्सेको पुरुष १६ वर्षमुनि एपीएफका नवीन श्रेष्ठ र आर्मीका कृष्ण तामाङ, २० वर्षमाथि आर्मीका शिशिर श्रेष्ठ र मध्यमाञ्चलका उज्ज्वल श्रेष्ठ तथा २० वर्षमाथि प्रहरीका कमल श्रेष्ठ र मध्यमाञ्चलका सुजन तामाङले क्रमशः स्वर्ण र रजत हात पारे । पुम्सेकै महिलातर्फ १६ वर्षमुनि प्रहरीकी मोनिका रम्तेलले स्वर्ण र मध्यमाञ्चलकी रिता श्रेष्ठले रजत चुमे । २० वर्षमुनि पूर्वाञ्चलकी सिना मादेनले आर्मीकी रोशनी श्रेष्ठलाई पछि पार्दै पहिलो भइन् । २० वर्षमाथि आर्मीकी निता गुरुङ पहिलो र प्रहरीकी पार्वती गुरुङ दोश्रो बने ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले एक कार्यक्रमबीच उद्घाटन गरे । उद्घाटनका अवसरमा पारा तेक्वान्दो खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए । प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागीय गरी ८ टिमका १ सय ७६ खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको नेपाल तेक्वान्दो संघअन्तर्गत रेफ्री कमिटीका चेयरम्यान नवीनकुमार श्रेष्ठले जनाएका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]