default_image

10 years ago

February 7, 2016

उसुमा विजय र सुस्मितालाई रजत

205 views

0 Bookmark

काठमाडौं, माघ २४ पदकको आशा गरिएको उसुमा नेपाली खेलाडी विजय सिन्जाली र सुस्मिता तामाङले आइतबार रजत पदक जितेका छन् ।

usu rajat

थाउलोअन्तर्गत छाङ छ्वानको पुरुषमा विजय र महिलामा सुस्मिताले रजत जिते । सिलोङस्थित आसम राइफल्स इन्डोर स्टेडियममा विजय पहिलो भएका श्रीलंकाली खेलाडी पीएलएच लाक्सानसंग झीनो अंक अन्तरले पछि पर्दै रजतमा सीमित हुनु प¥यो । विजयले ८.८० अंक जोडे ।

स्वर्ण विजेता श्रीलंकाली खेलाडीले ८.८६ अंक बनाए । तेश्रो स्थानमा चित्त बुझाएका भारतका अन्जुल लाम्डियोले ८.६६ अंक बटुले ।
सुस्मिताले ८.७२ अंक जोडिन् । पहिलो भएकी भारतकी वाई सपना देवीले ९.४५ तथा तेश्रो भएकी पाकिस्तानकी नाजिया पर्वेजले ६.३० अंक जोडे ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

Success

Thank you for your time.