7 years ago
October 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुर २०१८/१९ अन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनमा सुखद सुरुआत गरेका छन् ।

पहिलो दिनको खेलमा प्रतियोगिताको साविक विजेता समेत रहेका शिवरामले ४ अन्डर ६८ स्कोर जोड्दै अग्रता लिएका छन् । फ्रन्ट नाइनमा ५ अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरेका शिवरामले ब्याक नाइनमा १ ओभर ३७ खेलेपनि २ स्ट्रोकको अग्रता बनाउन सफल भएका छन् । दोस्रो स्थानमा आर्मी क्लबका धनबहादुर थापा छन् । उनले २ अन्डर ७० खेलेका छन् । एमेच्योर गल्फर पृथ्वी मल्लले पनि २ अन्डर ७० स्कोर जोडे ।
शिवरामले सुरुआती तीनै होलमा बर्डी प्रहार गर्दै उत्कृष्ट सुरुआत गरेका थिए । उनले त्यसपछि पाँचौ र आठौँ होलमा पनि बर्डी लेखाउँदै फ्रन्ट नाइनमा शानदार सुरुआत पाए । टर ब्याक नाइनको १२ औं होलमा डबल बोगी खेपेपछि उनी केहि दबाबमा परे । त्यसपछि १३ औं र १५ औं होलमा बर्डी लेखाएपनि अन्तिम गोलमा बोगी खेप्दै उनले ब्याक नाइनमा १ ओभर ३७ स्कोर जोडे ।

दोस्रो स्थानका धनबहादुरले फ्रन्ट नाइनमा इभन पार ३६ खेलेपनि ब्याक नाइनमा २ अन्डर ३४ खेल्दै राम राम्रो पुनरागमन गरे । एमेच्योर पृथ्वीले फ्रन्ट नाइनमा २ अन्डर ३४ र ब्याक नाइनमा इभन पार ३६ को स्कोर जोडे । कृष्णमान राजवाहक इभन पार ७२ सहित चौथो स्थानमा छन् । दिपक मगर र एमेच्योर द्वय सुनील केसी र सन्दीप तामाङ समान १ ओभर ७३ सहित संयुक्त पाँचौमा छन् ।
उपाधि दावेदार मानिएका घरेलु क्लबका खेलाडी भुवन नगरकोटीका लागि भने पहिलो दिन बिर्सनलायक रहयो । उनले २ ओभर ७४ स्कोर जोड्दै संयुक्त आठौँ स्थानमा रहे । तेस्रो होलमा नै डबल बोगी खेप्दै खराब सुरुआत लिएका उनले फ्रन्ट नाइनमा २ ओभर ३८ र ब्याक नाइनमा इभन पार ३६ स्कोर बनाए । उनी शिवरामभन्दा ६ स्ट्रोकले पछाडी परेका छन् । भुवनसँगै दीपक आचार्य, विकास अधिकारी, प्रदिप लामा तथा एमेच्योर द्वय वाङचेन धोन्दुप र सुरेन्द्र फुयाल पनि २ ओभर ७४ मा छन् ।

प्रतियोगितामा ३० व्यवसायिक र ११ एमेच्योरगरि कुल ४१ गल्फरहरुले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा विजेताले १ लाख २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ७७ हजार, तेस्रो स्थान हासिल गर्नेले ५५ हजार तथा २१ औं स्थान सम्मका व्यावसायिक गल्फरले नगद पुरस्कार पाउनेछन् । यस प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख ६१ हजार ५ सय रुपैयाँ छ ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]