7 years ago
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुर अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन पनि लय कायम राख्दै अग्रता बढाएका छन् ।

गोकर्ण गल्फ कोर्समा दोस्रो दिन ५ अन्डर ६७ स्कोर जोड्दै समग्रमा ९ अन्डर स्कोरका साथ ७ स्ट्रोकको अग्रता बनाएका छन् । दोस्रो दिन ५ अन्डर ६७ स्कोर जोडेका एमेच्योर खेलाडी टासी छिरिङ र ४ अन्डर ६८ को स्कोर बनाएका भुवन नगरकोटी समग्रमा २ अन्डर १४२ अंक सहित संयुक्त रूपमा दोस्रो स्थानमा छन् ।
शिवरामले फ्रन्ट नाइनमा ४ अन्डर ३२ र ब्याक नाइनमा १ अन्डर ३५ मा खेले । भुवनले अघिल्लो दिनको प्रदर्शन सुधार्दै फ्रन्ट नाइनमा ५ अन्डर ३१ र ब्याक नाइन १ ओभर ३७ को स्कोर बनाए। एमेच्योर खेलाडी टासी छिरिङले फ्रन्ट नाइन ४ अन्डर ३२ र ब्याक नाइन १ अन्डर ३५ मा पुरा गरे ।
अघिल्लो दिन दोस्रो रहेका धन थापा समग्रमा १ अन्डर १४३ को स्कोरमा चौथो, एमेच्योर खेलाडी वाङ्चेन धन्डुप १ ओभर १४५ का साथ पाँचौ र २ ओभर १४६ सहित सूर्यप्रसाद शर्मा छैटौं स्थानमा छन।
दोस्रो दिनको समाप्तीमा १४ ओभर १५८ स्कोर बनाउने २२ प्रोफेसनल ९ एमेच्योर खेलाडीले कट बनाएका छन। कुल ६ लाख ६१ हजार ५ सय पुरस्कार राशीको प्रतियोगिताको विजेताले विजेताले १ लाख २० हजार रुपैयाँ प्राप्त गर्नेछ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]