default_image

7 years ago

November 11, 2018

राष्ट्रिय पुरुष भलिबल पोखरामा हुने

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजना र राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा चौथो राष्ट्रिय पुरूष क्लब लिग भलिबल प्रतियोगिताको पुस १ गतेबाट पोखरामा हुने भएको छ ।

चौथो राष्ट्रिय क्लब च्याम्पियनसिपबाट छनोट भएका क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफसँगै बुटवलको मणिमुकुन्द भलिबल क्लब, जावलाखेल भलिबल तालिम केन्द्र, ढोरपाटन तालीम केन्द्र, हेल्प नेपाल स्पोर्टस् क्लब र नयाँबजार युवा क्लब सहभागी रहने छन् । पोखरा रंगशालामा पुस ७ गतेसम्म हुने प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा हुनेछ । यद्यपी लिग चरणको शीर्ष स्थानमा रहने टोलीलाई विजेता मान्ने वा फाइनल खेलाउने भन्न्व विषयमा निर्णय भएको छैन ।

गतवर्ष राष्ट्रिय वाणिज्य बैंकले महिला र पुरुषको लागि २० लाख रुपैयाँ प्रायोजन सम्झौता गर्ने सम्झौता गरेको थियो । महिला लिग भलिबल जेठमा सम्पन्न भइसकेको छ । पुरूष टोली एसियाली खेलकुदको तयारीका लागि महेन्द्रनगरमा रहेको हुनाले मिति सारिएको थियो ।

प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख पाउनेछन् भने तेस्रो र चौथो हुनेले ५० र २५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले ५-५ हजार रूपैयाँ पाउनेछन् ।

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.