7 years ago
November 20, 2018
काठमाडौं — कन्टिनेन्टल ट्रेडिङको आयोजनामा आउँदो शनिबार गोकर्ण गल्फ रिसोर्टमा इसुजु ओपन गल्फ प्रतियोगिताको आयोजना हुने भएको छ ।

मंसिर ८ मा हुने एकदिने प्रतियोगितामा करिब १ सय खेलाडीले प्रतिस्पर्धा गर्ने गल्फ क्लबका निर्देशक दीपक आचार्यले बताए । ३/४ स्टेबल फोर्ड फर्म्याटमा खेलिने प्रतियोगितामा नेट विजेता र उपविजेतासँगै ग्रस विजेताले ट्रफी पाउनेछन् । दुवै विजेताले ६० हजार बराबरको गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् । विधागततर्फ महिला, सिनियर (६० वर्षमाथि) र जुनियर (१७ वर्षमुनि) का विजेतालाई पनि ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
प्रतियोगिताको मुख्य आकर्षणको रुपमा होल इन वनमा दुई गाडी पुरस्कार राखिएको छ । विगतमा एमेच्योर प्रतियोगितामा एउटा होलमा पुरस्कार राखिएकोमा यसपटक भने गोकर्ण गल्फ कोर्षको दुई होलमा दुई गाडी पुरस्कार राखिएका छन् । पार ३ को होल नम्बर १० र होल नम्बर १६ मा ‘होल इन वन’ गर्नेले झन्डै ४० लाख रुपैयाँ पर्ने इसुजुको पिकअप पुरस्कार पाउनेछन् । प्रतियोगितामा लङगेस्ट ड्राइभ, क्लोजेस्ट टु द पिन र मस्ट बर्डिज विजेतालाई पुरस्कृत गरिनेछ ।
नेपालमा इसुजु गाडीको अधिकृत विक्रेताको रुपमा स्थापित कन्टिनेन्टल ट्रेडिङ प्रालि सन् २००९ मा स्थापित भएको कम्पनि हो । संस्थाका अध्यक्ष सुहृद घिमिरेले नेपालको गल्फ विकासमा सहयोग पुर्याउने हिसाबले प्रतियोगिता आयोजना गरेको बताए । यसबाहेक इसुजुका पिकअप गल्फ खेलाडीलाई उपयुक्त हुने कारणले यस क्षेत्रमा इसुजुको दयारा बढाउन पनि उनले गल्फ प्रतियोगिता आयोजना गरेको बताए ।
‘इसुजु पिकअप चढेर तपाईं तारे होटलको पार्टी देखि एडभेन्चर गर्न सम्म सक्नुहुनेछ । विशेषगरि गल्फका खेलाडीलाई हाम्रो प्रोडक्टले आकर्षण गर्ने सम्भावना देखेका छौं,’ उनले भने । घिमिरेले निकट भविष्यमा व्यवसायिक गल्फमा पनि संस्थाले दयारा बढाउने बताए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]