7 years ago
December 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – बाह्रखरी मिडिया प्रालीको आयोजनामा मंसिर २९ गते गोकर्ण गल्फ रिसोर्टमा बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिताको आयोजना हुने भएको छ ।

एकदिने प्रतियोगितामा करिब १ सय कर्पोरेट खेलाडीले प्रतिस्पर्धा गर्ने गोकर्ण गल्फ क्लबका निर्देशक दीपक आचार्यले बताए । ३/४ स्टेबल फोर्ड फर्म्याटमा खेलिने प्रतियोगिताको नेट विजेताले सुनको ‘गल्फ बल’ पाउनेछन् । प्रतियोगितामा होल इन वन गर्ने खेलाडीले टाटाको गाडी प्राप्त गर्नेछन् ।
प्रतियोगितामा बेस्ट ग्रस, लङगेस्ट ड्राइभ, क्लोजेस्ट टु द पिन र मस्ट बर्डिज विजेतालाई पुरस्कृत गरिनेछ । बाह्रखरीको आयोजनामा भएको कर्पोरेट गल्फ प्रतियोगिताको यो दोस्रो संस्करण हो । यस प्रतियोगिताले आउने दिनमा पनि निरन्तरता पाउने आयोजकले जनाएको छ । गोकर्णका अध्यक्ष सुहृद घिमिरेले मिडिया क्षेत्रको गल्फप्रतिको आकर्षणले यस खेललाई दिगो रुपमा टेवा पुग्ने बताए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]